जगदीश ओझा, महेन्द्रनगर : यो देशमा केही छैन ? साँच्चै हो त ? केही नभयेको हुदो हो त ? केही छैन भन्ने अब्बलहरू पनि यतैका हुन। लाखौ बोकेर करोडौ कमाउने सपना पनि यतै जन्मिएका हुन। आफै जन्मे हुर्केको ठाउँ प्रतिको निरासा किन पलाउदै आयो ठूलो प्रश्न उब्जिएको छ। “देशभक्ति त मर्दैन चुत्थै देश भये पनि” भन्थे तर खोक्रो राष्ट्रियता देखाउने अनि राष्ट्रप्रतिको चिन्ता निराशामा अभिव्यक्त गर्ने या यता भविष्य नदेखेर पलायन हुने लहर देखिन्छ। यो देश र समाजको सदस्यका रूपमा आफूले दिन सक्ने योगदान के हो या मेलै राष्ट्रका लागि के गर्नु पर्छ भन्ने स्व मूल्याङ्कन बिना नै दोष अरूलाई थोपरेर मुक्त हुन खोज्ने चेतनास्तर माथि पनि प्रश्न उठछ नै । सामाजिक रूपमा हेर्ने हो भने मध्यम र धनाढ्य बर्गको असन्तुष्टि बढेको पाइन्छ। निम्न बर्गिय चिन्तन पनि उपल्लोकै लहरमा बग्दैछ। बिकास भयेन, राज्यले केही गरेन, व्यवस्थामै दोष छ चर्को रूपमा भनिन्छ। धेरै होइन पछिल्लो ३ दशकको मात्रै तुलना गरौ कति परिवर्तन भयो। राज्यले गरेन दोष नेतृत्वमा जाला तर त्यो नेतृत्व कसले चुनेको हो ? त्यो पनि ख्याल गरौ त ।हामीले बनाएको संयन्त्र ठिक छैन भने के हामी त्यसलाई मर्मत सम्भार किन गर्न सकि रहेका छैनौ ? हामी धेरै जसो नागरिक छिद्रान्वेशी कुण्ठा र पूर्वाग्रह पालेर त बसेका छैनौ आफ्नै क्षमता र कदमको पुनर्मूल्याङ्कन कहिले गर्ने ? एकजना ब्याचलर युवा यता योग्यता अनुसारको काम र अवसर नपाएर कुर्लि रहदा बिदेशमा फेरि त्यही तल्लो दर्जाको श्रम गरिरहदा प्रतिष्ठावान भयेको अनुभव गर्छन। के आफ्नै देशमा त्यही कर्म गर्दा सानो भइन्छ त?

सामाजिक बिश्लेषण गरौ ” केरा खाएर खोष्टा बाटोमा फाल्ने त्यही खोष्टामा चिप्लिएर अर्को लडदा हाँस्ने आफै लडदा राज्य र नेतालाई गालि गर्ने ” एक थरि प्रवृति आफै तिर औला फर्काउँदैन। विधि विधान खोज्ने रूढ आदर्शमा छाति ठोक्ने अर्को प्रवृति आफ्नो स्वार्थका लागि मात्रै लागि पर्ने । भयेन गरेन? के भयेन? कसले गरेन? आत्ममूल्याङकन नगरि अर्काको मात्रै मूल्याङ्कन कर्ता कति भै रहने? बिहानै भैली दोएर बजारमा दुध बेच्न नसक्ने तर त्यही चिया पसलमा देशबिदेशको राजनैतिक बिश्लेषण गर्ने अनि डिग्रि होल्डर सन्तान इजरायलको कुखुरा फार्ममा पठाउने या अष्ट्रेलियाको सपिङमलमा सामान प्याक गर्न लाखौ खर्च गरि पठाउने। अहिले धेरैको आँखाको कसिङ्गर बनेका ठूला नेताहरू रे?एक दलको झोले बनेर अर्को दलको नेताको बदख्वाइ गरिरहने अनौठो रोग छ। गफका हवाइ बजार बनाउने तिनै झोले कार्यकर्ताका मानसिकता आफ्नाको लङौठी पनि सुङने अर्काको सफा लुगामा पनि दाग देख्ने ।ठूलाठूला पदका मुकुट भिरेर बडा सदस्य पनि नजित्ने अनि चोरबाटो बाट कमाउने ठाउँ चहारि हिडने आफैतिर कहिल्यै औला फर्काउदैनन किन ? बिकास पनि बर्गिय भै दिएको छ ? सक्ने बर्ग राज्यको दोहनमा ब्यस्त छ ।हालि मुहालि टाठाँबाठाँले गरि रहँदा निम्नबर्ग मा असन्तोष जाग्नु स्वभाविक हो तर त्यो भन्दा खतरनाक त अझै बढि लुटन पाए हुन्थ्यो भन्ने उपल्लो बर्गको लोभले समाज गाँजिदै गयेको छ। तिनकै कानेखुसी, चियापान र मन्त्रणाले नेतृत्वको स्वविकेक छोपिदै गयेको छ।
हामी अस्थिरता बोकि रहेछौ तबै त व्यबस्था सुधार होइन परिवर्तनका चर्काकुरा गरिरहन्छौ ।अबस्था परिवर्तनलाई सोच्न ब्यवस्था परिबर्तन भन्दा पनि सोचमा परिवर्तन आवस्यक हुन्छ।उही मति र प्रवृति पालेर बिकास सम्भव हुँदैन। अपेक्षा र नतिजामा अन्तर हुने बितिक्कै असन्तोष पालेर हुदैन त्यसको समाधानका बिकल्प खोजिनु पर्दछ । गणतन्त्रको बिकल्पमा राजतन्त्र खोजिनु उत्तम बिकल्प होइन ।त्यो केबल निराशा र कुण्ठाको उपज हो ।गणतन्त्र प्रति निराशा जाग्नु नेतृत्वको असक्षमता पनि एउटा कारण हो। निरन्तररूपमा नेतृत्वमा पलाएको सत्तामोहले नवसामन्ति प्रवृति पलाएको छ। कार्यकर्ताप्रति पलाएको निम्न पुँजीवादी सोचबाट राजनीति कमाउने बाटो बन्दै जाने र राज्यको शोषणबाट पोषिन खोज्ने एउटा समूहले बिकृति निम्तिएका छन ।यही शोषक समूहले गर्ने राजनीतिले सबैतिर राजनैतिक स्वार्थ समूह बनाउने गर्छन । आफूलाई मात्रै अब्बल ठान्छन र आफूतिर औंल्याउन चाहदैनन। यि सबैको मारमा समाजको सीमान्तिकृत समुदाय र क्षेत्र परेको छ। दलिय ब्यबस्थामा यस्तो स्वार्थ पलाएको छ कि सत्तासिनको बिरोधबाट मात्रै आफ्नो लोकप्रियता खोजिन्छ अनि राज्यको कार्यकारी नीति नियम सरकार परिवर्तन पिच्छे दलगत स्वार्थको लेप लगाउने र सत्तामा टिकिरहन अर्कोलाई आफ्नो स्वार्थ सापेक्ष हेर्न खोजिन्छ ।बिरोधको सिर्जनात्मक विधि नै प्रयोग हुदैन। केही फरक गर्नु पर्ने सोच उही सत्तामुखी पुरानो प्रवृति रूप फेरिएर मात्रै आउने सारभूत रूपमा प्रवृति नफेरिएको उदाहरण आजीवन नेतृत्व र पद छोडन नचाहने नेताहरू हुन । नव सामन्तिय प्रवृतिकै कारण आसेपासेहरूको झुण्ड बिचमा नेताले टिकिरहन तिनकै पोषण पनि गरि रहेछन। आमरूपमा लक्षित चिन्तनप्रति केन्द्रीत भयेर काम गर्न नसक्ने, भयेको उपलब्धिमा सन्तुष्ट रहन नसक्ने, समन्यायीकरूपमा दृष्टिकोण बनाउन नसक्ने अनि अर्काको उपलब्धिको मार्ग अनुसरण गर्न नसक्ने मनोविज्ञानग्रस्त प्रवृतिले आफूतिर औला सोझ्याउनै सक्दैन।
हरेक कुरालाई राजनीति र नेतृत्वसंग जोडेर हेर्छौ किन? आफूले गर्न सक्ने सुधारका लागि अग्रसर नभई अर्काको अपेक्षा गर्ने, दोष आफूलिन नचाहने ,सबैकुरा राज्यले नै परिपुर्ति कदापि गर्न सक्दैन। आफैले सडकमा फालेको फोहर या छाडा छोडेका गाईगोरू राज्यले ब्यबस्थापन गरि दिनु पर्ने? कुरा महत्वपूर्ण रूपमा उठछ्। सबै तिर युज एण्ड थ्रो चलि रहदा अब त त्यसको निकृष्टता तल्लो तहसम्म पुगेको छ। राज्यदोहनबाट अधिकतम लाभ लिएको र लिइरहेको बर्गको अधिकतम हिस्सा यति स्वार्थपरक छ कि ऊ आम मानिस भन्दा आफूलाई अधिक स्मार्ट सम्झिन्छ। त्यो स्मार्टनेसको अहमले राज्य संरचनालाई ओगटेर बस्न चाहन्छ।परिवर्तन आफ्नो स्वार्थ अनुकुल मात्रै होस भन्ने अहमवादी प्रवृतिले चिल्लागाडी कुदने सडकको खाल्डोको दुःख ठूलो सम्झिन्छ, दुर्गमको कठीन बाटोका दुख देख्दैन। अहिले त्यही छाप एकथरी युवामा पनि पर्यो अनि देशमै गरेको श्रमको मोलको महत्व भन्दा डलर मोह बढी देख्छ। अनि यो देशमा केही छैन भन्छ। यो ब्यबस्था भन्दा ऊ नै ठीक थियो भन्ने तर्क अघि आउछ । यो राज्य , समाज र परिवारको आफू हुर्काइरहेका लगानीको नदेख्नेले त्यसको प्रतिफल बिदेशमा फलाउने सपनाले यताको भविष्य कसरी देख्छ। हो राज्यले हरेक नागरिकका लागि बातावरण बनाउनु पर्दछ तर कचिङ्गलपुर्ण अस्थिर राजनीति त्यसमा असफल भयेको हो ,यसकुरामा राजनैतिक नेतृत्व आत्मआलोचित भयेर आफूलाई निचा देखाउन चाहदैन।
