कञ्चनपुर : वेदकोट नगरपालिकाले आफ्नो पालिकामा रहेका स्वास्थ्य शाखाको अर्ध वार्षिक समिक्षा गरेको छ । पालिका स्तरीय दुई दिने अर्ध वार्षिक समीक्षामा २०८१ साउन देखि पुस महिना सम्मको पालिका र वडा कार्यालयले दिदैं आएको स्वास्थ्य सम्बन्धी सेवाको समीक्षा गरिदैछ । ‘वेदकोट नगरपालिकामा रहेका १० वटै वडाका स्वास्थ्यकर्मी, र कार्यपालिका सदस्यहरुको सहभागितामा यस अवधि सम्म आफुहरुले सेवाग्राहीलाई स्वास्थ्य क्षेत्रमा दिएको सेवाको समीक्षा गरिनुका साथै आगामी दिनमा यसलाई कसरी गुणस्तरीय र भरपर्दो सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल रहेको’ वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा कार्यक्रम संयोजक हरीषा पालले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी रहेका नगर प्रमुख भोजराज बोहराले जनताको स्वास्थ्यमा कुनै खेलवाड नभई सजिलै सँग स्वास्थ्य उपचार पाउनु पर्नेमा जोड दिए, उनेले ‘नजिकै महाकाली प्रदेशिक अस्पताल र कैलाली प्रदेशिक अस्पताल लगायत निजी अस्पतालले पनि सेवा दिदै आएकोले समस्या पर्दा उपचारको लागि विरामी त्यही जाने भए पनि आपतकालिन समयमा प्राथमिक उपचार तुरुन्त दिनु पर्ने भएकोले हामी सँग भएको साधन स्रोतबाट वडा स्वास्थ्य कार्यलयले सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिनु पर्ने बताए ।’

वेदकोट नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टको सभापतित्वमा वेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो, विशिष्ट अतिथीमा वेदकोट नगरपालिका उप प्रमुख तुलसी जोशी तथा स्वास्थ्य कार्यालय कञ्चनपुरका तथ्याङ्क सहायक खगेन्द्र कार्की रहनु भएको थियो भने कार्यक्रम सञ्चालन शिद्धराज भट्टले गर्नु भएको थियो ।

