पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार

कञ्चनपुर :नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार पाईएको छ । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिबाट पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार पाईएको हो ।
शुक्रबारदेखि धनगढीमा शुरु भएको नेकपा एमाले निकट प्रेस चौतारी सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष धामीलाई पुरस्कार सहित सम्मान गरिएको छ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले धामीलाई नगद १५ हजार रुपैया, प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान हस्तान्तरण गरेका छन । महेन्द्रनगरबाट प्रकासित हुने अपिटुडे दैनिकका प्रशासक समेत रहेका पत्रकार धामीले यस अघि ईमेज टेलिभिजनदेखि विभिन्न संचार माध्यममा काम गरिसकेका थिए । झण्डै अढाईदशकदेखि पत्रकारिता गर्र्दै आएका धामीले यस अघि पनि प्र्रेस काउन्सिल नेपाल, बेदकोट नगरपालिका सहितका विभिन्न सरकारी गैर सरकारी निकायबाट पुरस्कृत सम्मान पाएका छन ।

प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले आफुले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पाईएको पुरस्कारले थप कार्य क्षेत्रमा उर्जा थपिदिएको बताए । पश्चिम नेपाल दैनिकका सम्पादक प्रकासक समेत रहेका चौतारीका नेता समेत रहेका पत्रकार स्व. कर्ण बोहाराको स्मृतिमा चौतारीले पुरस्कार स्थापना गरेको थियो ।

यसका साथै प्रेस चौतारी प्रदेश समितिले आफ्नै संगठनमा सम्बद्ध पत्रकार हरि प्रशाद जोशी, विष्णू अवस्थी, राजेन्द्र नाथ, राजेन्द्र विष्ट, कर्ण बहादुर चन्द, करन ताम्राकार सहितलाई समेत दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरेको छ । पत्रकार जोशी, अवस्थी, नाथ, विष्ट, चन्द र ताम्राकारले सुदूरको पत्रकारिता बृद्धि विकासदेखि संगठनको हितका लागि काम गरेको भन्दै सम्मान गरेको जनाएको छ ।

ताजा समाचार