कञ्चनपुर: समयमै ठेकेदारले सडक निर्माण गर्न नसक्दा निर्माणाधिन दैजी बेलडाँडी सडकखण्डमा सवारी दुर्घटना भईरहेका छन । हुलाकी रार्जमार्ग अन्र्तरगत णाधिन दैजी बेलडाँडी सडकखण्डमा सवारी दुर्घटना भईरहेका हुन ।
शुक्रबारपनि उक्त निर्माणाधिन सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले भारतीय नम्बर प्लेटको जिपको ठक्करले नेपाली युवक घाईते भएको बताए ।

प्रवक्ता जोशीका अनुसार यूके०चारएजे ८०९२नम्बरको जिपको ठक्करले सुपप्र ०१०११प८३८४नम्बरको मोटरसाईकलमा ठक्कर दिदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन । भीमदत्त नगरपालिका २उल्टाखामका २४ बर्षिया महेश चौधरी गम्भिर घाईते भएका हुन ।
चौधरीको खुट्टा टुटेको र शरिरका अन्य भागमा समेत गम्भिर चोट लागेको छ । चालक उद्यमशिहनगर खटिमा निवासी अमित महरा प्रहरी नियन्त्रणमा छन । ०७३सालमा ठेक्का लिएपनि ठेकेदारले समयमै सडक निर्माण नगर्दा समेत सडक झन बिग्रीन थालेको भन्दै स्थानीय आक्रोसित भएका छन ।
