प्रलेस कञ्चनपुरको छैटौ सम्म्मेलन सम्पन्न

कञ्चनपुर : कञ्चनपुरमा २०५९ साल देखि निरन्तर सक्रिय साहित्यिक संस्था प्रगतिशील लेखक सङ्घ कञ्चनपुरको छैटौं जिल्ला सम्मेलनबाट आगामि ३वर्षका लागि जिल्ला शाखा कञ्चनपुरको कार्य समिति माघ १९ का दिन चयन भएको छ। अध्यक्ष पदमा उर्जावान र सक्रिय साहित्यिक ब्यक्तित्व प्रजापति नेगी लगायत निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई केन्द्रीय महासचिवले टीका तथा खादा लगाइ वधाइदिनुभयेकोथियो। । उर्जाशील युवा पुस्ता जिल्ला नेतृत्वमा आउनुले निश्चय नै यहाँका साहित्यिक गतिबिधि अझ बढी बढने छन।

उक्त कार्यक्रम सम्पन्न गर्न प्रलेस केन्द्रीय समितिका महासचिव डा देवी क्षेत्री दुलाल प्रमुख अतिथि रहेका थिए ।
बैतडी तथा कञ्चनपुरका सम्मेलन सम्पन्न गर्न केन्द्रीय अध्यक्ष डा मधुसुदन गिरी तथा उप महासचिव बालकृष्ण कार्की पनि सुदूर पश्चिमका बिभिन्न कार्यक्रमहरूमा सहभागि रहेका थिए ।आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गर्दै छैटौ जिल्ला सम्मेलन बाट नेतृत्व हस्तान्तरण गर्न सफल निवर्तमान अध्यक्ष धर्मानन्द भट्टले नव निर्वाचित समितिलाई पदभार हस्तान्तरण गर्नु भयेको थियो। धर्मानन्द भट्टको अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि महासचिबले समाजको निम्न बर्गको उत्थान, बिकृति बिसंगति अन्त्य गर्ने मिसनका साथ साहित्यकारहरूले भूमिका निर्वाह गर्नु पर्ने कुरा बताएका थिए।

प्रदेश समिति अध्यक्ष रमेश पन्त मितबन्धु, राष्ट्रिय परिषद सदस्य गंगा रिजाल, रापस एवम् प्रदेश उपाध्यक्ष जगदीश ओझा, पुर्व अध्यक्ष वीरबहादुर चन्द, कल्यान ओझा बिशिष्ट अतिथि रहेको सम्मेलन बाट अध्यक्षमा प्रजापति नेगी , उपाध्यक्ष रितु कुँवर ,सचिब प्रेम प्रकाश कलौनी सह सचिब जनकसिह कुँवर , कोषाध्यक्ष नितेस प्र.भट्ट ,सदस्यहरूमा चाँदनी भट्ट , विनोद जोशी , बबिता कार्की र चन्द्रप्रकाश पोखरेल चयन भयेका छन।

कार्यक्रमको सञ्चालन प्रेम प्रकाश कलौनी तथा सिर्जन श्री, स्वागत मन्तब्य निवर्तमान उपाध्यक्ष सन्तोष बिष्टले गरेका थिए भने शुभकामना मन्तव्य रमेश पन्त ,गंगा रिजाल, नारायण लम्सालले ब्यक्त गरेका थिए। छैटौ जिल्ला सम्मेलनका अवसरमा प्रलेस कञ्चनपुरले डा मधुसुदन गिरी, डा देवी क्षेत्री दुलाल, जगदीश ओझा ,रमेश पन्त तथा गंगाप्रसाद रिजाललाई प्रलेसमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको छ।

ताजा समाचार