मृगौला पिडित चन्दको लागी वडाध्यक्ष खत्रीले थाले उपचार सहयोग संकलन अभियान

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका मृगौला पिडित नरेश चन्दको उपचारको लागी सहयोग संकलन सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ निवासी वर्ष ३८ का नरेश चन्दको दुबै मृगौलामा समस्या आएपछि दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको नेतृत्वमा उपचार सहयोग संकलन थालिएको छ् । झण्डै २ वर्ष देखि मृगौलामा समस्याले ग्रसित बन्दै आएका चन्दको उपचारको लागी उपचार सहयोग संकलन अभियान सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । उपचारको लागी अहिले सम्म देश, बिदेश गरि रु. १ लाख ५५ हजार उपचार रकम सहयोग संकलन भएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । आर्थिक अभावमा उपचार गर्न समस्या आएपछि मृगौला पिडित नरेश चन्दका घरपरिवारले सबै संग सहयोगको अपिल गर्दै आएको वडाध्यक्ष केशख खत्रीले बताउनुभएको छ् ।

उपचार गर्न आथिक कठिनाई भएको कारण आफुले ‘नरेन्द्र चन्द बचाऊ’ अभियान सुरु गरि उपचार रकम संकलन गर्न सुरु गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । मृगौला पिडित चन्द संग उनकी पत्नी र २ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि आफ्नो श्रीमान जीवन मरणको दोसाधंमा रहेको मृगौला पिडित नरेश चन्दका धर्मपत्नी नन्दा चन्दले बताउनुभयो । मृगौला पिडित चन्दको आर्थिक अवस्था निकै दयनिय भएको र उपचार खर्च महंगो भएका कारण उपचारको लागि आर्थिक सहयोगको याचना गरेको मृगौला पिडित नरेशका धर्मपत्नी नन्दा चन्दले बताउनुभयो ।

स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडित चन्दका घरपरिवारले सहयोगको हारगुहार गरेका हुन् ।

उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ् ।

ताजा समाचार