तस्कर बिरुद्ध सशस्त्र प्रहरी गड्डाचौकी गुल्मको एक्सन : ६ महिनामा डेढ करोडको अवैध समान भन्सार चलान

कञ्चनपुर: जिल्लाको पश्चिम सीमा क्षेत्र कञ्चनपुरको गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी बलले तस्कर बिरुद्धमा निर्मम एक्सनमा उत्रिएको छ । सशस्त्र प्रहरीको गड्डाचौकी गुल्मले चोरी तस्करी, भन्सारछलीका गतिबिधी बिरुद्धमा निर्मम एक्सनमा उत्रिएको हो । सशस्त्र प्रहरी बल गड्डाचौकी गुल्ममा इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) तेजराज शर्माले ६ महिनाको अवधिमा विभिन्न क्षेत्रबाट भन्सार चोरीछली गरेका समान बरामद गर्दै भन्सार बुझाएको बताए ।

गड्डाचौकी भन्सार भएपनि तस्कर समुहले सेटिङ्ग वा लुकिछिपी तस्करी गरिरहेका समान अन द स्र्पोटबाटै बरामद गरेर सशस्त्र प्रहरीले भन्सार बुझाएको छ । सशस्त्र प्रहरीका डिएसपी शर्माका अनुसार विभिन्न प्रकृतिका व्यवसायीक समानदेखि स्रोत नखुलेको नगदै रकम समेत बरामद गर्दै भन्सार, राजस्व विभाग कोहलपुरमा बुझाएको बताए । केही दिन अघि मात्रै महेन्द्रनगरका मोवाईल व्यवसायी समेत रहेका नवराज जोशीले भारतबाट ल्याएका ५लाख भारु रुपैया सहित पक्राउ गरेको बताए । ‘स्रोत नखुलेको भारतीय करेन्सीका रुपैया सहित जोशीलाई कार्बाहीका लागि राजस्व अनुसन्धान विभाग कोहलपुर पठाएका छौँ, ‘उनले भने, ‘हामीले सीमा क्षेत्रमा स्रोत नखुलेको नगद रुपैयादेखिका सबै अवैध समान बरामद गर्दै भन्सार चलान गरेका छौँ ।’

आइतबार मात्रै नेपाल भारतमैत्री बसबाट झण्डै ६लाख ३६ हजार बराबरका अवैध हर्ष बेल(घण्टी) बरामद गरेर भन्सार बुझाएको बताए ।पश्चिम नाका गड्डाचौकीमा भन्सार कार्यालय हुँदाहुँदै व्यवसायी एव तस्कर समुहले भन्सार चोरी छलेर कपडा, हाडवेयर, ईलेक्ट्रोनिक, भाँडाकुडा सहितका व्यवसायिक समान तस्करी गर्दै आएपछि सशस्त्र प्रहरीले बरामद गर्दै भन्सार बुझाएको उनले बताए । ‘हामीले भन्सार राजस्व छली सम्बन्धीका कुनैपनि अबाञ्चित गतिबिधी हुन दिएका छैनौँ, ‘उनले भने, ‘जहाँ जुन व्यक्ति समुहले तस्करी गरेर त्यही रोकेर कानुनी दायरमा ल्याएका छौँ ।’ सशस्त्र प्रहरीले गड्डाचौकी नाका क्षेत्रमा मात्रै नभई कञ्चनपुरका अन्य खुला नाका ब्रम्हेदब, जिमुवा, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास क्षेत्रमा विभिन्न नाकाहरुबाट गैर कानुनी चोरी तस्करी नियन्त्रण गर्दै गएपछि तस्कर समुहको भागाभाग भएको छ । रातारात लाखौँ रकम कमाउने योजना बनाएका तस्कर समुहले सशस्त्र प्रहरीको एक्सनबाट रुवाबासी चलेको स्थानीय बताउँछन ।

विगतमा सशस्त्र प्रहरीका अधिकारीहरुले तस्कर समुहबाट कमिसन लिने, अनुचित लाभ लिने तर अहिले कञ्चनपुरमा गत फागुनदेखि जिल्ला कमाण्डर सशस्त्र प्रहरीका एसपी खगेन्द्र बहादुर चन्द आएपछि तस्कर समुह तह लागेको स्थानीयको भनाई छ । सशस्त्र प्रहरीका एसपी चन्दले गत ०८० फागुनदेखि जिल्लाको कमान सम्हालेपछी तस्कर समुह ब्रेक डाउन गरेको सीमावर्ती क्षेत्रका स्थानीयले अनुभुती गर्न लागेका छन । विगतका सशस्त्र प्रहरी कमाण्डर एव कर्मचारी राजनैतिक, प्रशासनिक दवाव, प्रभाव आर्थिक लाभ लक्षित कामकाज गर्दा तस्कर समुह मौलाएको अहिले तस्कर समुहमाथि कानुनी डण्डा बजाउन थालेपछि तस्कर समुहको रुवाबासी चलेको दावि गरिएको छ ।

तस्कर समुहले समेत विगतमा सशस्त्र प्रहरीका सीमादेखि जिल्ला, प्रदेशका अधिकारीलाई महिनाबारी दिएरै भएपनि तस्करी गर्न सहज भएपनि अहिले त्यो अनुभूति नभएको भन्दै पेशा परिर्वतनको संघारमै पुगेको कतिपय व्यवसायीको भनाईछ । स्थानीयले समेत सशस्त्र प्रहरीले राजस्व चोरीछली सीमावर्ती क्षेत्रमा हुने चोरीतस्करीजन्य गतिबिधी यसरी नै निरन्तर कार्बाही गर्नुपर्नेमा जोडदिएका छन । तस्करीले कञ्चनपुर भट्कालोमा पुगेका बेला शसस्त्र प्रहरीको एक्सनले सुधारोन्मुख भईरहेको छ ।

ताजा समाचार