निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवस विबिध कार्यक्रमका साथ सम्पन्न

कञ्चनपुर : निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.तथा महाकाली आर्युवेद औषधालयको संयुक्त आयोजनामा उच्च रक्तचाप तथा मधुमेह रोग निवारणका लागि योग र आर्युवेद बिषयम बहृत गेष्ठी लगायत विभिन्न कार्यक्रम गरि निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १६औं स्थापना दिवस मनाएको छ ।

संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकको सभापतित्व तथा निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम भट्टको प्रमुख अतिथ्यमा सम्पन्न गोष्ठी अवधिमा महाकाली बहुप्राविधिक विद्यालयका विद्यार्थी तथा महाकाली आर्युवेदका वैद्यहरुले मधुमेश तथा उच्च रक्तचाप चेक जा“ज गर्ने औषधि समेत वितरण गरिएको थियो । सहकारीकी संचालक भावना के.सी. द्धारा संचालन भएको कार्यक्रममा प्रबन्धक बविता चन्दब बमले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा ३०० जना भन्दा बढि शेयर सदस्य, शुभ चिन्तकहरुको सहभागिता रहेको थियो ।

निङ्गलाशैनी बहुउद्देश्य सहकारी संस्थाले यस अघि स्थापना दिवसको अवसरमा हिजो र आज रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान, निङ्गलाशैनी मन्दिर परिषर सरसफाई तथा पुजा अर्चना कार्यक्रम समेत आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताउनु भएको छ

ताजा समाचार