कञ्चनपुर : पतंञ्जली योग समिति कञ्चनपुरको आयोजनामा पौष १ गते देखि १९ गते सम्म भीमदत्तनगरमा संचालन भएको सहयोग प्रशिक्षक प्रशिक्षणमा सहभागिहरुको एक समारोह बिच दिक्षन्त समारोह सम्पन्न भएको छ । प्रशिक्षण विभाग प्रमुख केशव राज पन्तको सभापतित्व तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय मधु भारतीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको दिक्षन्ता समारोहमा विशिष्ट अतिथि पंतञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य लबराज भट्टले दिक्षित गर्नु भएको थियो ।
१९ दिन सम्म संचालन भएको तालिमको दिक्षन्त समारोहमा बर्ष गुरु गणेश बहादुर चन्द तथा प्रशिक्षण विभाग प्रमुख केशव राज पन्त लाई पंतञ्जली समिति कञ्चनपुरले कदर तथा सम्मान पत्र प्रदान गरेको छ । कञ्चनपुर जिल्ला भरीका ४८ जना सहभागिहरुले सहायक प्रशिक्षक प्रशिक्षण लिनु भएको र दिक्षान्त समारोहमा आफुले सिकेको सिप आफु आफुनो परिवार,समुदाय, टोल र वडामा सक्रिय भई योग र आर्युवेदनको प्रचार प्रसार र प्रवद्र्धनमा लागि पर्ने कुरा सहभागिहरुले बताउनु भएको छ ।
पंतञ्जली योग समितिको नव निर्वाचित समितिको पहिलो प्रशिक्षक तालिम भएको र आगमी दिनमा हरेक स्थानिय तहमा वडा वडामा पंतञ्जली योग समिति गठन गर्ने तयारी रहेको कुरा महासचिव प्रेम सिंह भाटले बताउनु भएको छ । दिक्षान्त समारोमा महिला पंतञ्जली पूर्व अध्यक्ष बिजय लक्ष्मी अवस्थी, उपाध्यक्ष भावना के.सी., जिल्ला वन कार्यालय प्रमुख राम विचारी ठाकुरले शुभ भाव राख्नु भएको थियो भने भीमदत्त नगर पंतञ्जलीका अध्यक्ष जनक राज बोहरा, महिला अध्यक्ष निर्मला पन्त तथा युवा नेपाल कञ्चनपुरकी उपाध्यक्ष ईसु बम चन्द लाई प्रशंसा प्रदान गरिएको थियो ।