नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको तेस्रो तलाको समुदघाटन तथा नवनिवार्चित पदाधिकारीहरुको पदस्थापना

कञ्चनपुर : नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको तेस्रो तलाको समुदघाटन तथा नवनिवार्चित पदाधिकारीहरुको पदस्थापना भएको छ । ‘प्रेस स्वतन्त्रको आभार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुल नारा लिएको पत्रकार महासंघले एक कार्यक्रम विच नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका नवनिवार्चित पदाधिकारीहरुलाई पदस्थापना गरेको छ । निर्वतामान अध्यक्ष माधव धामीको सभापत्विमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

यही मंसिर २८ गते भएको निर्वाचन बाट निर्वाचित भई आएका अध्यक्ष सुरेस धामी लगायत सम्पुर्ण पदाधिकारीलाई प्रमाणपत्र पदस्थापना गरेको छ भने नवर्निमित पत्रकार महासंघको तेस्रो तलाको समु्द्घाटन गरेको छ । नवर्निवाचित अध्यक्ष सुरेश धामीले विजयी भएका सम्पुर्ण पत्रकारहरुलाई बधाई दिदै आफुलाई विजय गराउने सम्पुर्ण पत्रकारहरु प्रति हार्दिक आभार व्यक्त गर्दै पत्रकारहरुको हक हितको लागि आफु सधैं लागि रहेने बताए ।

ताजा समाचार