कञ्चनपुर: आउँदो शनिबार अर्थात १३ पुषमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुरको पुनर्वास आउने भएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड शनिबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास आउन लागेका हुन ।
जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिकामा माओवादीले भ्रष्टाचार बेथिति बिरुद्धमा गर्न लागेको कार्यक्रम सम्बोधनका लागि प्रचण्ड पुनर्वास आउन लागेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सकल्प’ नारा अघि सारेर सरकारलाई खबरदारी गर्नका लागि सीमावर्ती कञ्चनपुरको पुनर्वासमा समेत खबरदारी गर्न लागेको जनाएको छ । पाटी अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु खटिएका छन ।
माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटी अध्यक्ष प्रचण्ड जिल्ला आउने भएपछि तयारी तिव्र चरणमा अघि बढेको बताए । ‘हामी पाटीका सद्वेय अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि जिल्ला पाटी,पालिका पाटि कमिटि सहित जिल्ला भूगोलबाट प्रदेश र केन्द्रीय कमिटिमा रहेका पदाधिकारी, सदस्यहरु फिल्डमै खटिएका छौँ, ‘उनले भने, ‘कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढेको छ ।’ पाटी अध्यक्ष पुर्नवास आउँदा सहिद गोबिन्द गौतमको सालिकमा मार्याल्यण गराउनेदेखिका कार्यक्रम समेत अघि सारेको छ । माओवादीले वर्तमान सरकार बिरुद्धमा भ्रष्टाचार अभियान अन्र्तरगत देशभरका पालिका स्तरमा गरिरहेको अभियानलाई निरन्तरता दिदै गर्ने कार्यक्रममा पाटी अध्यक्ष प्रंचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन । हजारौँ बढीको नेता कार्यकर्ता एव जन जनसहभागिता रहने मञ्च व्यवस्थापन उप समिति संयोजक रामबहादुर देवकरले बताए ।
सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेय को संयोजकत्वमा ७० सदस्यीय उप समिति गठन गरिएको छ । माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (बिक्रम) संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ । माओवादी नेता बिरबल बिस्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी नेतृ माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
माओवादी केन्द्रीप सदस्य ओम बिक्रम भाट (सरल) संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ । अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । कञ्चनपुरकी माओवादी नेतृ दिपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ भने नेता देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता ध्रुवीकरण समायोजन उपसमिति गठन गरिएको छ । यस अघि पनि पाटी अध्यक्ष प्रचण्ड कञ्चनपुरको बेलौरी, शुक्लाफाँटा, भीमदत्तनगर, दोधाराचाँदनी सहितका स्थानमा पाटी र सरकारी कार्यक्रमका लागि जिल्ला आएका थिए ।