ग्रासरुट अण्डर १७ फुटबल प्रतियोगिता शुरु

कञ्चनपुर : भीनपा–१५ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा ग्रासरुट अण्डर १७ फुटबल प्रतियोगिता शुरु भएको छ । द ग्यालेक्सी युथ क्लव महेन्द्रनगरको आयोजनामा आयोजित प्रथम ग्रास रुट अण्डर १७फुटबल प्रतियोगिता शुरु भएको हो ।

पुस १० गते बाट शुरु भइको प्रतियोगिता पुस १९ सम्म रहने छ । खेलमा आठ टिमको सहभागिता रहेको छ । पुल‘ए’मा सागर डिजे, ग्यालेक्सी युथ क्लब, ईन्टरनेशनल बोडिङ्ग ‘बी’ र त्रिपुरा रहेका छन भने पुल‘बी’मा ईन्टरनेशनल ‘ए’, बैजनाथ मा.वि. जडेपानी, सुन्दरपुर युवा क्लब र एमएनआर युनाईटेड रहेका छन् । प्रत्येक सहभागी टिम बाट प्रतियोगितमा सहभागी हुन रु.५५०० शुल्क लिएको छ ।

‘युवाहरु दिनप्रतिदिन लागु औषधको कुलतमा फस्दै गएको बेला तिनीहरुलाई खेलको माध्यमबाट कुलत देखि दुर राख्न मद्दत मिल्ने र अहिले विश्वमा नेपाल र नेपाली चिनाउन खेलको निकै ठुलो भुमिका रहेको विद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले बताए ।

त्यसैगरी ’खेलकुद क्षेत्रबाटै समुहगत आत्मिय सम्बन्ध कायम गराउने कुरामा खेल प्रशिक्षक बिमल खडायतले जोड् दिदै खेल क्षेत्रमा अनुशासनले नै सफलता हासिल गर्ने अवसर मिल्ने खडायतले बताए ।

‘हाम्रो देश नेपाल विश्वमा सबै भन्दा ठूलो सगरमाथा भएको राष्ट्र भनेर चिनिने गरेको र अहिले खेल क्षेत्रबाट पनि नेपालको नाम उच्च रहेको बताउदै यस विद्यालयको खेल मैदान सुधारको लागि दश लाख बिनियोजन गरेको सुदूरपश्चिम प्रदेश सभासद माननिय बेल बहादुर रानाले बताए ।

ग्रासरुट फुटबल निरन्तर विकासको लागि प्रतियोगिताको आयोजना गरेको द ग्यालेक्सी युथ क्लबका अध्यक्ष पाण्डेयले बताएका छन्।

द ग्यालेक्सी युथ क्लबका अध्यक्ष गजेन्द्र राज पाण्डेयको सभापतित्वमा, सुदूरपश्चिम प्रदेश सभासद माननिय बेल बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो, विशिष्ट अतिथिमा वरिष्ठ कराते प्रशिक्षक बिमल खडायत, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश चन्द रहेका थिए ।

बुधबार भएको उद्धघाटन खेलमा सागर डिजे र आयोजक द ग्यालेक्सी युथ क्लब बिच भएको थियो । खेलमा ४–१ गोलको अन्तरले द ग्यालेक्सी युथ क्लब लाई हराउदै पहिलो जित निकालेको छ ।

ताजा समाचार

spot_img