दशैँ, तिहार सकिएपनि कञ्चनपुरमा जुवातास : सिसैया जुवाखालबाट युवादेखि बृद्ध, रास्वपा नेता धामी सहित १० पक्राउ

कञ्चनपुर : दशैँ, तिहार सकिएको महिनौँ समय वितिसक्दा पनि कञ्चनपुरमा जुवातास खुलेयाम भईरहेको छ । होटल, पसलदेखि घरसम्मै जुवातास भईरहेका छन । जहाँ जुवातास त्यही प्रहरीले एक्सन गरेपछि जुवाडे पक्राउ गरेका छन । सोमबार पनि बेदकोट नगरपालिका १० सिसैया बिक्रम बोहराको घरबाट प्रहरीले १०जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले सिसैयाका बोहराको घरको माथिल्लो तलामा जुवातास भईहेको अवस्थामा जुवाडे सहित नगद, तास बरामद गरिएको बताए ।

उनका अनुसार बेदकोट नगरपालिका क्षेत्रकै युवादेखि बृद्ध रहेका छन । बेदकोट नगरपालिका क्षेत्रका ५४ बर्षिया हर्क बहादुर साउद, ३३ बर्षिया बिक्रम बोहरा, ५२ बर्षिया प्रकास कठायत, ६२ बर्षिया गणेश राज पाण्डेय, ३४ बर्षिया पुरन सिह विष्ट,३० बर्षिया जगदिश बोहरा, ६ बस्ने ४९ बर्षिया सायय राना, ५२ बर्षिया सुरेन्द्र बोहरा, ४६ बर्षिया र्इैश्वरी दत्त अवस्थी र पुरन सिह धामी रहेका छन । धामी रास्वपा कञ्चनपुरका युवा नेता एव उदय माध्यामिक विद्यालय पिटिए अध्यक्ष रहेको जनाईएको छ ।

देश बनाउने भन्दै हिडेको रास्वपाको पाटी नीति, सिद्धान्त अनुरुप धामी जुवाखालबाट पक्राउ गरेपछि जनता चिन्तित भएका छन । रास्वपा नेता धामीलाई सुनियोजित वा उनी आफै पाटीको नीति, सिद्धान्त विपरित जुवाखालबाट पक्राउ परेका विषयमा नागरिकले टिकाटिप्पणी गरिरहेका छन । जुवाखालबाट १८ हजार, ४२२ नगद, ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार