महेन्द्रनगर: कञ्चनपुरका संगठित मोवाईल व्यवसायीहरुले एक विपन्न मडै परिवारलाई खाद्यान्न राहत वितरण गरेका छन । केहि दिन अघि डडेल्धुरा आलिताल गाउँपालिका वाड नं.३ बस्ने खडक मडैको भिरबाट खसेर मृत्यु भए पछि विपन्न परिवारका सदस्यहरुको लागि आर्थिक सहयोग जुटाएर नेपाल मोवाईल व्यवसायी संघ कञ्चनपुरले राहत हस्तान्तरण गरेको हो ।
डडेल्धुरा आलितालका मडै परिवारको दयनिय अवस्थालाई केहि सहयोग भएपनि गर्नु पर्छ भन्ने हेतुले मोवाईल संघले आफ्नो संगठनका सदस्यहरुबाट जति सकिन्छ सहयोगको अपिल गरे संगै उठेको रकमबाट खाद्यान्न, लत्ताकपडा सामग्री खरिद गरेर दिएको मोवाईल संघका कोषाध्यक्ष योगेन्द्र भण्डाराले बताएका छन ।