कञ्चनपुर: कञ्चनपुर जिल्ला तेक्वान्दो संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार महेन्द्रनगरमा कञ्चनपुर जिल्ला तेक्वान्दो संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा कञ्चनपुर जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष बासुदेव घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्लादेखि अन्र्तराष्ट्रिय स्तरसम्म उत्कृष्ट महिला खेलाडी सिवानी चुनारा, शिबिर ठगुन्ना र उत्कृष्ट डोजाङ्ग दोधाराचाँदनी र मझगाँउलाई सम्मान गरिएको छ । संघका उपाध्यक्ष राजेन्द्र केसीले स्वागत मन्तव्य राखेका थिए । कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुप प्रदेश सरकारका पुर्व आर्थिम मामिलामन्त्री एव प्रदेश सांसद प्रकास बहादुर रावलको प्रमुख आथित्यमा भएको थियो ।
संघका सचिव गोबिन्द थापाले संचालन गरेको कार्यक्रममा खेलाडी सहितका सरोकारवालाको सहभागिता रहेको थियो