कञ्चनपुर: कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगरदेखि बैतडी बाह्रसिङ्गा दिवा सेवा यातायात सेवा शुचारु गरेको छ । सोमबारदेखि पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगरदेखि बैतडी बाह्रसिङ्गा दिवा सेवा यातायात सेवा शुचारु गरेको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले स्तरिय बस संचालन गर्र्ने पहिलो सेवा रहेको जनाएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश प्रशाद बोहराले स्तरिय बस सेवा शुरु गरेको बताए । अध्यक्ष बोहराका अखनुसार सोभासेट, हिटर, चार्टर, कुलर टिभी सहित दिवा सेवा संचालन गरिएको छ ।
‘यस अघि पनि पवनदुतको महेन्द्रनगर बैतडी गोठालापानी सेवा थियो, ‘उनले भने, ‘अहिले स्तरिय सेवा शुचारु गरेका छौँ, सम्भवत यो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो सेवा नै हो ।’ सोमबार महेन्द्रनगर बसपार्कदेखि पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष देविदत्त पन्तले रिर्बन काटेर बससेवा शुचारु गरेका थिए । भाडा समेत नर्मल रहेको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश राज बोहरा, बरिष्ठ उपाध्यक्ष देवदत्त पन्त, उपाध्यक्ष डम्बर विष्ट, महासचिव विष्णूदत्त जोशी, सचिव राम बहादुर धामी सहितका युवा टिमले आगामी दिनमा थप स्तरिय सेवा विस्तारमा प्रतिबद्धता जाहेर गर्दै आएका छन ।