निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीद्धारा नेफस्कुन तथा कञ्चनपुर कोअपरेटिभ क्लबका पदाधिकारी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर : सहकारी क्षेत्रको संरक्षण सम्वद्र्धन र सहकारीमा आवद्ध सम्पूर्ण जनशक्तिको क्षमता अभिवृद्धि, उद्यमशिलता र राष्ट्रिय पू“जि निर्माणमा एक्यवद्धता पूर्वक सहकार्य गर्न गराउनका लागि स्कुल अफ कोअपरेटिभको अवधारण, उद्देश्य र भावि कार्यदिशा लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक तथा कार्यकारी प्रमुखको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक दिप्ती शाहीको प्रमुख आतिथ्यता एवं कञ्चनपु कोअपरेटिभ क्लबका अध्यक्ष गणेश दत्त भट्टको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रवन्धक बविता चन्द बलमे संचालन गर्नु भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ महेन्द्रनगर शाखा प्रमुख यम डांगी , कैलाली प्रमुख योगेश वोहरा, कञ्चनपु कोअपरेटिभ क्लबका उपाध्यक्ष अशोक राज जोशी, सचिव बसन्त भट्ट, कोषाध्यक्ष चित्रा कुमारी पाण्डेय, सदस्य गजेन्द्र सिंह नायक, राधा अवस्थी, मोहन कु. दाहाल, लक्ष्मी भट्ट, कमला भण्डारी लगायतले स्कुल अफ कोअपरेटिभ संचालन र सहकार्य सहकारी र सहकारी क्षेत्रमा आवद्ध रहनु हुने सबैका लागि लाभदायि हुने कुरा वताउनु भएको थियो । हरेक सदस्य लाई वित्तिय साक्षरता दिन सक्ने गरि कर्मचारीहरु तयार गर्ने/तयार हुने, शिक्षा समिति लाई सक्रिय तुल्याउन सबै सहकारीका शिक्षा तालिम संयोजकको धारणामा एक रुपता ल्याउने, लेखा संयोजक, समितिको कार्य शुलता अभिवृद्धि गर्ने र आन्तरिक लेखा परिक्षण गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्ने, संचालकहरुको सक्रियाता ल्याउन आफ्ना अनुभव आदान प्रदान गर्ने कार्यको थालनी गर्ने कार्यमा सबै सहकारी संग मिलेर तालिम, गोष्ठी, सेमिनार तथा अध्ययन अवलोकन भ्रमण गर्ने कुरामा अन्तरक्रिया फलदायि भएको कुरा संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको छ ।

यसै गरि फिल्ड कर्मचारीलाई आचरण, व्यवहार सुधार गर्न छुट्टा छुट्ट तालिम आयोजना गर्न खर्च बढि हुने भएकोले सामुहिक गर्ने, नया“ फिल्डमा काम गर्ने वा कार्यलायमा काम गर्ने कर्मचारी तयार गर्ने सहकारी व्यवस्थापन तालिम गर्ने ,बार्षिक रुपमा तालिमहरुको बिषय सामग्री सहितको क्यालेण्डर तयार गरि कार्यान्वयन गर्ने ,शिक्षा तालिम कोषमा भएको रकमको २५ प्रतिसत रकम स्कुल अफ को अपरेटिभ मार्फत खर्च गर्ने लगायतका बिषयमा अन्तरक्रिया केन्द्रित रहेको थियो ।

ताजा समाचार