पप्पु गुरुङ्ग, । कुनै समय रोजगारीको खोजीमा भारतका बिभिन्न शहरहरुमा भौतारिएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरका वर्ष ३० का प्रेम रोकाया आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रै आम्दानी गर्न थालेका छन् । गाँउका अन्य युवा जस्तै मजदुरीको लागी भारत पसेका उनी त्यहाँको दु:ख देखेर आफ्नै गाँउ, ठाँउमा केही गर्नु पर्ने सोच पलाएको र त्यसै सोचले आफुलाई सफल बनाएको बताउनुहुन्छ् । ‘राती र बजारको ड्युटी गर्नु पर्ने, होटेलमा काम गर्दै गर्दा गर्मी र लामखुट्टेले सताउने, भनेको बेला तलब पनि नदिने, सबैले हेप्ने’ भारतमा रोजगारीको सिलसिलामा प्रेम रोकायाले दु:ख भोगेको हुन् । अर्काको देशमा यस्तो दु:ख गर्नु भन्दा त, आफ्नै गाँउ, बस्तीमा पसिना बगाउला भनेर भारतको होटेलको काम छाडेर घर फर्केको प्रेम रोकायाले बताउनुभयो ।
तिन वर्ष अघि देखि आफ्नै जग्गामा व्यवसायीक तरकारी खेती गरेर सफल उद्यमी बनेका उहाँ अरु थुप्रै युवाका प्रेरणाका स्रोत बन्नुभएको छ् । खेतीपाती गर्न आफुलाई निकै प्यारो लाग्ने प्रेम रोकायाले बताउनुभयो । प्रेमले गरेको उत्पादन गरेको तरकारी खेती हेर्न र सिक्नका लागी विभिन्न ठाँउका कृषकहरु उहाँको बारीमा आउने गरेका छन् । सुरुवाती समयमा उहाँलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले सहयोग गरेको युवा उद्यमी प्रेम रोकायाले बताउनुभयो । च्याउ खेती, गोलभेडा, सयपत्री र मखमली फुल लगाएर राम्रा् आम्दानी गर्दै आएको उहाँले बताउनुभएको छ् ।
आफ्नै गाँउ, बस्तीमा लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उहाँको दावी रहेको छ् । बाँझो जमिनमा बन्दा, काउली, मूला, रायो, सिमी, टमाटर लगाएत मौसमी तथा बेमौसमी तरकारीबाट घरमै बसी बसी उहाँले मनग्गे आम्दानी गर्दै आउनुभएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले सुन्दरनगर प्रकृतिक कृषी समुह मार्फत युवा उद्यमी प्रेम रोकायालाई बिभिन्न समयमा आवश्यक सहयोग गर्दै आएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको जिविकोपार्जनमा सघाउ पुग्ने उद्धेश्यले सामुदायिक विपद् व्यवस्थापन समिति तथा कृषी समुह मार्फत परियोजनाले सहयोग गर्दै आएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले बताउनुभएको छ् ।
कुनै बेला भारतको मजदुरी बाहेक अन्य रोजगारीको विकल्प नदेख्ने यहाँका केही युवाहरु अहिले कृषि पेशालाई राम्रो रोजगारीको माध्यम बनाइरहेका छन् ।
पुर्खाै देखिको गुजरामुखी परम्परागत खेती गर्ने परिपाटीलाई सुधार गरेर केही युवाहरु व्यवासयिक हुन थालेको स्थानियबासीहरुले बताएका छन् ।