मौषम जस्तै देशको राजनीति छ : पुर्व प्रधानमन्त्री नेपाल

कञ्चनपुर: पुर्व प्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको राजनीतिक मौषम जस्तै रहेको बताएका छन । शनिबार कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदी बैजनाथ माध्यामिक विद्यालयको प्राङगणमा नेपाल बुद्धिचाल महासंघ, काठमाण्डौँ स्पोटर््स एकेमेडी र बेदकोट नगरपालिका ८ नम्बर वडाको संयुक्त आयोजनामा शुरु भएको बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री नेपालले देशको राजनीति पनि मौषम जस्तै भएको बताएका हुन ।

‘बिहानको मौषस हे¥यो, घाम लाग्ला जस्तो हुन्छ, पानी पर्ला जस्तो भए चर्को काम लाग्छ, ‘उनले भने, ‘नेपालको राजनीतिक पनि त्यस्तै छ, अब यो होला, भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक बर्ष भन्यो, जाँदैन, टिक्का कि क्याहो, पाँच बर्ष भन्यो, टिक्दैन, मौषस परिर्वतन जस्तै देशको राजनीतिक परिर्वतन भईरहेको , त्यसको असर देशमा परिरहेको छ ।’ पूर्व प्रधानमन्त्री नेपालले सबैले जनताले चाहे अनुरुप विकास भन्ने भएपनि राजनीतिक अस्थिरताले विकासमा प्रभाव पारेको बताए । पुर्व प्रधानमन्त्री नेपालले विचार गरेर मात्रै बोल्नुपर्नेदेखि, काम गर्नुपर्ने सरकारलाई ईङगित गरेका छन । पुर्व प्रधानमन्त्री नेपालले उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै धार्मिक पर्यटन बृद्धि विकासबाट अर्थतन्त्र बलियो बनाएर सम्बृद्धिमा जोडदिएका छन । उनले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि तीनै सकरार गम्भिर हुनुपर्ने बताएका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व पराष्ट्रमन्त्री एनपी साउदले समाजवादीसंग चुनावमा बेला एकै भए फेरी सहकार्यको यात्रा संगै हुने संकेत गरेका छन ।

७ कार्तिकसम्मै संचालन हुने उक्त प्रतियोगिता पहिलो पटक सुप प्रदेशमा हुन लागेको छ । बेदकोट नगरका प्रमुख भोजराज बोहराले राष्ट्रिय स्तरको कार्यक्रम आफ्नै पालिकामा संचालन गरिएको भन्दै आयोजकप्रति आभार प्रकट गर्दै पालिकाबाट आवश्यक सहयोग गर्ने बचन दिए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेहराज जोशीले बहुआयामिक व्यक्तित्वहरुको वडा बेदकोट नगरपालिका ८ भएकाले राष्ट्रिय स्तरकै प्रतियोगिता सम्पन्न गर्न लागेको बताए । उद्घाटनकै दिनदेखि शुरु भएको प्रतियोगितामा ७५बढि खेलाडीहरु सहभागि रहेका छन ।

ताजा समाचार