आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व उठाउन सकेन

कञ्चनपुर: आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले गत आर्थिक बर्षमा लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार ०८०/०८१ मा लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो ।
गत आर्थिक बर्षमा २ अर्ब, ७५ करोड, २ लाख, ४९ हजार राजस्व संकलन गर्ने लक्ष्य भएपनि २ अर्ब, ३९ करोड, ३ लाख, १० हजार रुपैया मात्रै संकलन भएको बुझिन्छ । झण्डै ८६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

आयकर तर्फ ७२ करोड, ५८ लाख, ६३ हजारमा लक्ष्य भन्दा बढि ७५ करोड, ५ लाख, २१ हजार, घरबहाल कर तर्फ २१ लाख, ७० हजार मध्ये लक्ष्य भन्दा ५४ प्रतिशत कम १२ लाख, ३२ हजार, ब्याज तर्फ ४१ लाख, ५८ हजार ४ सय मध्ये लक्ष्य भन्दा ३० प्रतिशत कम २८ लाख, ९६ हजार ४ सय, अन्तशुल्क तर्फ ७७ करोड, ९२ लाख, ७८ हजारमा लक्ष्य भन्दा १२ प्रतिशत कम ६८ करोड, ८० लाख, ६४ हजार र आन्तरिक (मुल्य अभिबृद्धिकर) तर्फको पनि १ अर्ब, १८ करोड, १८ लाख, २३ हजार मध्ये २३ प्रतिशत कम ९१ करोड, ४ लाख, ३३ हजार र अन्य तर्फ ९ हजार मात्रै राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका तत्तकालिन सुचना अधिकारी किरण डाँगीले देशैभरी आर्थिक कारोबार घटेकाले र जिल्लाका अन्तशुल्कको कारोबार घटेकाले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको बताएका थिए ।

ताजा समाचार