एक हजार जनालाई ऐर दम्पतीले गराए निःशुल्क भोजन

झलारी : शुक्लाफाँटा नगरपालिका १० झलारीका व्यवसायी दम्पतीले बिहीवार एक हजार जनालाई निःशुल्क रुपमा भोजन गराउनु भएको छ ।

झलारी बजार छेउको सडकमा भण्डारा लगाएर दुर्गा ऐर र कमला ऐरले यात्रु, आर्थिक रुपमा विपन्न, घरवार विहीन परिवारलाई निःशुल्क रुपमा भोजन गराउनु भएको हो ।ऐर दम्पतीले झलारी बजारमा मोटरसाईकल सोरुम संगै अटो व्यवसायमा संलग्न रहेका छन ।

वर्षभरी कमाएको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्य अनुरुप निःशुल्क रुपमा भोजन गराईएको ऐर दम्पतीले बताउनु भयो । ऐर दम्पतीले आफैं भण्डारमा खटिएर भोजन गराएका छन ।

ताजा समाचार