कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका बागफाँटा त्रिबेणी धाममा गौशाला निर्माण गर्न लागिएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटा त्रिबेणी धाममा गौशाला निर्माण हुन लागिएको हो । भीमदत्त नगरपालिका र सिद्धबैजनाथ त्रिबेणी धामले छाडा पशु चौपाया व्यवस्थापन गर्दै प्राङगारिक मल उत्पादनका लागि गौशाला निर्माण गर्न लागेको हो सिद्धबैजनाथ त्रिबेणी धामका अध्यक्ष मिलन सिहले छाडा पशु चौपाया व्यवस्थापन र उक्त पशु चौपायाको मुत्र गोबर मार्फत गड्यौला मालेर जैविक मल उत्पादन गर्ने बताए । ‘एकातिर हामी छाडिएका पशु चौपाया व्यवस्थापन गछौँ, अर्कातिर गोबर मलबाट गड्यौला पालेर जैविक मल उत्पादन गरेर किसानलाई वितरण गछौँ, ‘उनले भने, ‘यो हाम्रो बहुउपोगी योजना छ, सरकारले साथ दिनुपर्छ ।’
अध्यक्ष सिहले पहिलो चरणमा झण्डै २सय क्षमता गाईगोरु पालिने बताए । यस अघि देखि नै उक्त क्षेत्रमा त्रिबेणी धामको बृद्धि विकासका लागि गौशाला निर्माण गरिएको थियो । ‘हामीले त्रिबेणी धामको बृद्धि विकासका लागि गौशाला निर्माण गरेका छौँ, ‘उनले भने, ‘यसपछि यज्ञशाला, गुरुकुल शिक्षादेखि त्रिबेणीलाई धार्मिक तिर्थाटन बनाउँछौँ ।’ अध्यक्ष सिहले उत्तरी चुरे बेदकोट, लिङ्गा सहित झिलमिला ताल क्षेत्रबाट बगेर आउने नदीको संगम स्थल त्रिबेणी धार्मिक, ऐतिहासिक रुपमा महत्व भएकाले यसको विकासका लागि नागरिक जागेका बेला सरकारले समेत ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष सिहले चौधर नदीको तटिय क्षेत्रका रहेको सिद्धबैजनाथ त्रिबेणी धाम कटानीको उच्च जोखिममा भएकाले तटबन्ध निर्माणका लागि सरकारले चासो दिनुपर्ने बताए ।
स्थानीय जानकार अशोक दत्त भट्टले ०१२सालदेखि सिद्धबैजनाथ त्रिबेणी धाम चलनचल्तीमा आएको बताए । उनले ऐतिहासिक धामको विकासका लागि राज्यका निकाय जिम्मेबार बन्नुपर्ने बताए । बिहीबार एक कार्यक्रमका विच भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले उक्त गौशाला गड्यौला मल उत्पादन गर्ने स्थलको शिलान्यास गर्दै पालिकाबाट आवश्यक सबै सहयोग दिने बताईन । सिद्धबैजनाथ त्रिबेणी धामको बृद्धि विकास र गौशाला संचालनमा पालिकाबाट आवश्यक बजेट विनियोजन गरेर छाडा पशु चौपाया व्यवस्थापन गर्ने बताईन । उपप्रमुख लेखकले सरकारले गर्न नसक्ने काम धाम समितिले गरेको बताउँदै उनले छाडा पशु चौपाया व्यवस्थापनका साथै उनीहरुबाट सक्दो लाभ लिनुपर्ने बताईन ।
उपप्रमुख लेखकले पालिकाबाट एक वडा एक गौशाला बनाउने योजना कार्यान्वयनका लागि बागफाँटा त्रिबेणी धाममा निर्माण भएको गौशालाको बृद्धि विकासका लागि बजेट लगायतका योजना कार्यान्वयन गर्ने आश्वासन दिईन । उपप्रमुख लेखकले गृहमन्त्री रमेश लेखकले पनि उक्त क्षेत्रमा निर्माण हुने गौशालादेखि पर्यटन मार्ग विस्तारका लागि प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गरिदिएकाले उक्त बजेट यसैबर्षदेखि कार्यान्वयन गर्ने बताईन । धार्मिक ऐतिहासिक, प्राकृतिक तिर्थाटन क्षेत्रमा निर्माण हुने गौशालाले किसान लाभान्वित हुने दावि गरिएको छ ।