वडा कार्यालय र वडाध्यक्ष सुनारको सहयोगमा छाक टार्न सकस भएका परिवारलाई खाद्यान्न सहयोग

दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भैपरी आउने कोष र वडाध्यक्ष भक्त बहादुर सुनारको ब्यक्तीगत सहयोगमा दोधारा चाँदनी नगरपालिका– ४ र १० वडाका विपन्न, बाढी प्रभावित तथा छाक टार्न सकस भएका ४ घरपरिवारलाई प्रति परिवार एक बोरा चामल, २ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन, १ प्याकेट चियापत्ती, १ प्याकेट कपडा धुने सोडा बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ् ।

गएको असाढ २३ र २४ गते परेको अविरल वर्षाले डुवानमा परेका वडा नं. १० का ३ परिवार (आशा सुनार, गोला देवी सुनार र नितु सुनार) र वडा नं. ४ का १ परिवार (मन्जन शाही) लाई खाद्यान्न सामग्री वितरण गरिएको बताए ।

उनले अति विपन्न तथा गरिव परिवारलाई प्रति परिवार १ कट्टा चामल, २ किलो दाल, २ किलो तेल, २ किलो नुन, २ किलो चिनी, २ किलो चियापत्ती, २ पाकेट कपडा धुने सोडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताए ।

ताजा समाचार