बेलौरीमा दोस्रो खुला वडा अध्यक्ष पेनाल्टी सुटआवट प्रतियोगिता हुने

बेलौरी: कञ्चनपुरको बेलौरीमा दोस्रो खुला वडाध्यक्ष पेनाल्टी सुटआवट फुटबल प्रतियोगिता हुने भएको छ । बेलौरी नगरपालिका ४ वडा स्तरिय खेलकुद विकास समितिले दोस्रो खुला वडाध्यक्ष पेनाल्टी सुटआवट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

बेलौरी नगरपालिका ४ वडा कार्यालय मुख्य प्रायोजक रहेको छ । भने, शान्ति माविको प्राङगणमा प्रतियोगिता हुनेछ ।
खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईले विजया दशमी ०८१को अवसरमा उक्त प्रंतियोेगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताको तयारी भईरहेको छ ।

टिम दर्ताका लागि एक हजार रुपैया तोकिएको छ । विजेता टिमलाई नगद २५ र उपविजेता टिमलाई नगद १५ हजार सहित प्रमाण पत्र दिईनेछ ।

ताजा समाचार

spot_img