एमाले उप–महासचिव ज्ञवाली धनगढीमा, तीन दिने प्रशिक्षण प्रारम्भ

धनगढी : आइतवारदेखि धनगढीमा तीन दिने प्रशिक्षक/ प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला कमिटीका पदाधिकारी र सदस्य, नगर, गाउँ कमिटी तथा लेखा आयोगका पदाधिकारीहरुलाई पार्टीको नीति, सिद्धान्त र बिचारमा पुनःताजगी गराउन प्रशिक्षण थालिएको हो ।

नेकपा (एमाले) स्कुल विभागको आयोजनामा प्रशिक्षण सुरु भएको र यसले कार्यकर्ताहरुमा बैचारिक र नीतिगत एकरुपता आउने विश्वास गरिएको स्कुल विभागका सुदूरपश्चिम संयोजक तथा पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले बताए । भोलि देखि कञ्चनपुरमा पनि तीन दिने प्रशिक्षण सुरु हुने छ ।
पहिलो दिन पार्टीका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली र घनश्याम कोइरालाले प्रशिक्षण दिए ।

कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थिति थियो । ज्ञवालीले महाधिवेशनबाट पारित कार्यक्रम, जवजको विकासक्रम, नीति र कार्यदिशा बारे प्रशिक्षण दिए ।जिल्ला अधिवेशन पश्चात पहिलो पटक प्रशिक्षक/प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र असोज १ गतेसम्म चल्ने जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले जानकारी दिए ।

ताजा समाचार