मेगा बचत तथा ऋण सहकारीको ११औ बार्षिक साधारण सभा

कञ्चनपुर: कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका- ४ महेन्द्रनगरमा केन्द्रीय कार्यालय रुहेको मेगा बचत तथा ऋण सहकारीको ११ औँ बार्षिक साधारण सभा: सम्पन्न भएको हो । मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख शुनिल सेटीले महेन्द्रनगरमा सम्पन्न भएको बार्षिक साधारण सभाबाट विवित एजेण्डा पारित गर्दै समापन गरिएको बताए । उनका अनुसार साधारण सभामा संचालक समितिबाट प्रस्तुत भएको एजेण्डा पारित गरिएका छन । गत आर्थिक बर्ष ०८०÷०८१देखि चालु आर्थिक बर्षको बार्षिक बजेट, आन्तरिक लेखा परीक्षण सहितका एजेण्डा पारित गरिएका छन ।

०७१ सालमा स्थापना भएको सहकारीले दशकपार गरेपछि क्षेत्र विस्तार गरेको छ । उतिबेला भाडाको घरमा ंसंचालन भएको सहकारीको प्रशासकीय भवन हाल भीनपा ३महेन्द्रनगरमा आफ्ै भवन निर्माण गरिएको छ । हाल, कञ्चनपुरको महेन्दनगर, ब्रम्हदेब, दैजी, दोधाराचाँदनी, बेलौरी र कैलालीको धनगढी शाखाबाट सेवा विस्तार भईरहेको छ । हाल ९ हजार ५९१सदस्य रहेका जसमध्ये २हजार १०६ बालबतकर्ता, ५ हजार ५५ महिला र ४ हजार ५३६महिला रहेका छन । २५ ुशेयर सदस्यको ५२ हजार शेयर पुँजीबाट शुरु गरिएको हाल ७२करोड पुगेको छ ।कार्यक्रममा उत्कृष्ट शाखा, कर्मचारी, बचतकर्ता, ऋण कारोबारी शेयरधनीहरुलाई सम्मान गरिएको छ ।

ब्रम्हदेब उत्कृष्ट शाखा सहित कर्मचारी मनोरथ जोशी, मालती नाथ, सुरज भट्ट, जितमान चौधरी, आदित्य चौधरी, सानु चौधरी, संगिता ठगुन्ना, नानिकेत चौधरी, मञ्जु कुमारी पोखरेल, भानादेवी साउद, विष्ना पाठक, मेघा समुह बसन्तपुर, महेश सिह बोहरा, राजेश बडू, निर राना, सुमिल लामिछाने, कैलास खडका, जगतनाथ विष्ट, धर्मराज जोशी, आर्दश पाण्डेय, गंगादत्त पाण्डेय, उत्तरा कुमारी साउद, दिव्यश्री सिह, महेश सिह बोहरा, ईन्द्रीता चौधरी, विजय तिम्लिसिना, गौरब रावल, विवेक ढुङ्गेल, कार्यालय भवन निर्माण कम्पनी महालक्ष्मी निर्माण सेवा, ओरिजिन ईन्जनियरिङ्ग कल्सलटेन्सीलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । सहकारीका संचालक समितिका अध्यक्ष रघुनाथ ओझाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ०८१ असार मसान्त सम्ममा ३६करोड, ५२लाख, ७० हजार, ४८रुपैया कुल निक्षेप रहेको छ । कोषाध्यक्ष महेश्वरी देवी जोशीद्धारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा गत बर्ष खुद नाफा १करोड, ९५लाख, ७५हजार, ७५४रुपैया भएकोमा हाल १करोड, ३१ लाख, २२ हजार ४१८रुपैया नाफा भएको छ । लेखा सुपरीवेक्षक समितिका संयोजक टेराज भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा चालु आर्थिक बर्ष ०८१/०८२मा बार्षिक नीति, कार्यक्रम अनुरु िसमुदायमा तथा बाल बचतकर्ता कार्यक्रम संचालन गरिने, कर्मचारीमा उत्प्रेरणा जगाउने, प्रविधिमैत्री वित्तिय कार्यक्रम, राहत कोष विस्तारका योजना अघि सारिएका छन ।

सहकारीको बार्षिक साधारण सभा कार्यक्रममा सरोकारवालाहरुले छोटो समयमै मेगाले नाम जस्तै काम गरेको बताएका छन । कार्यक्रममा जिल्ला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिह भाटले गुणस्तरिय सेवा सहित सेवा केन्द्र एकीकृतमा जोडदिए । उदयदेव बहुउदेशीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले सहकारी ऐन ल्याउनुपर्नेमा जोडदिदै केही राष्ट्रिय स्तरमा सहकारी बदनाम भईरहेको अवस्थामा भ्रम चिर्नका लागि सहकारीका सकारात्मक कामकाज जनतामा प्रवाहमा जोडदिए ।

सहकारी बोर्डका पुर्व सदस्य दशरथ भण्डारीले मेगाले छोटो समयमै उल्लेख्य काम गरेको भन्दै थप सेवा विस्तारमा जोडदिए । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्लले मेगाले निरन्तर जनताको वित्तिय पहुँचका क्षेत्रमा काममा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रकास बहादुर रावलले सहकारी क्षेत्रको बृद्धि विकासका लागि प्रदेश सभाबाट पारित गर्नुपर्ने ऐन कानुनको विषयमा पहल गर्ने बताए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका मेगा बचत तथा ऋण सहकारीका अध्यक्ष रघुनाथ ओझाले आगामी दिनमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रण गरेका छन ।

ताजा समाचार