साउदी अरबमा तिज विशेष कार्यक्रम सम्पन्न

हजारौं नेपाली दर्शकबिच प्रिति आलेको दमदार प्रस्तुति संगै छमछमी नाचे महिला दिदिबहिनी

कञ्चनपुर: विदेशी भूमिमा भएपनि परम्परा लाई जोगाउन गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले विदेशमा हरितालिका तिज विशेष कार्यक्रम भब्यताका साथ मनाएको छ।पछिल्लो समयमा महिला नेतृत्व पाएपछि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब अध्यक्ष रबिना अर्यालको अगुवाइमा नेपाली महिलाहरु को महान चाड हरितालिका तिज २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।उक्त कार्यक्रममा नेपाली चर्चित गायिका प्रीति आलेको दमदार प्रस्तुति रहेको थियो । कार्यक्रममा साउदी अरब स्थित राजदूतावास रियादबाट श्रम सहचारी देवेन्द्र राज कार्की, गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक राजेन्द्र अर्याल लगायत साउदी अरबमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि पदाधिकारीको आतिथ्यतामा गैरआवासीय नेपाली संघ साउदी अरबकी पहिलो महिला नेतृत्व अध्यक्ष रविना अर्यालद्वारा दिप प्रज्वलन संगै कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो।चर्चित लोक व्याटल गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम भब्यरुपमा मनाएको हो। जसमा विदेशी भुमिमा भएपनि आफ्नो सांस्कृति परम्पराको जगेर्ना गर्ने र विदेशमा रहेकी दिदिबहिनीहरुले एक आपसमा तिजको शुभ कामना आदान-प्रदान का साथै बृहत् सांस्कृतिक कार्यक्रमका साथ महिला दिदिबहिनीको उपस्थितिमा उत्साहका साथ मनायो। चर्चित लोक ब्याटल गायिका प्रीती आलेको विशेष प्रस्तुतमा साउदी अरबमा शुक्रबार तिज कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

कार्यक्रममा संघका स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, साउदी अरब स्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका पदाधिकारीहरू, सामाजिक व्यक्तित्वहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, व्यवसायी तथा वित्तीय संस्थानहरूका प्रतिनिधिहरू, विभिन्न संचार संस्थान संग आवद्ध संचार कर्मीहरू एवम् साउदीअरब स्थित कर्मरत नेपाली दाजु भाई दिदी बहिनीहरू को सहभागिता मा कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल रुपमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ।कार्यक्रममा सहभागीताको लागी प्रवेश निःशुल्क रहेको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने सम्पन्न भएको थियो।कार्यतालिका रहेको छ।

ताजा समाचार