जनमोर्चा कञ्चनपुरद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन

पाँच बर्षे हदम्यादले भ्रष्टाचार मौलाउँछ के गर्न खोजेको हो ?

कञ्चनपुर : राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएको हो ।

जनमोर्चा कञ्चनपुरले सरकारले भ्रष्टाचार सम्बन्धी विधेयकमा पाँच बर्षे हदम्याद राखेर भ्रष्टाचार मौलाउँछ के गर्न खोजेको हो ? भन्दै प्रशन सहित १९बुँदे ज्ञापन पत्र पठाएको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको बताए ।

कालापानीमा भारतीय सेना हटाउनुपर्ने, भ्रष्टाचार आँखडा बनेको संघीयता हटाउनुपर्नेदेखि सुशासनका विषय अघि सारिएका छन ।

ताजा समाचार