इरास्मस छात्रबृति बारे सुप विश्वविद्यालयका विद्यार्थीसंग छलफल

कञ्चनपुर : यूरोपियन यूनियनको साझेदारीमा संचालित उच्च शिक्षा कार्यक्रम अन्र्तरगत इरास्मस छात्रबृति बारे सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीसंग छलफल गरिएको छ । यूरोपियन यूनियनले बिहीबार उच्च शिक्षा कार्यक्रम अन्र्तरगत इरास्मस छात्रबृति बारे सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीसंग छलफल गरिएको हो ।

यूरोपियन यूनियनकी प्रतिनिधी बन्दना थापाले यूरोपमा उच्च शिक्षाका लागि आवेदनदिने विषयमा विद्यार्थीलाई जानकारी गराएकी छिन । सुप विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायका डिन डा. किशन दत्त भट्टले नेपालबाट जुनसुकै विषयमा उच्च शिक्षाका लागि युरोपमा जाने विद्यार्थीको सहजताका लागि अभिमुखिकरण गराएको बताए । यस अघि उक्त कार्यक्रम काठमाण्डौँ केन्द्रीत हुने गरेको अहिले जिल्लाहरुमा समेत भईरहेको बताए ।

ताजा समाचार