स्थानीय सरकार जनताको सेवा भन्दा भ्रष्टाचारमा लिप्त भएको भन्दै जनमोर्चाको ताकेता

कञ्चनपुर,: संघीयले भ्रष्टाचारदेखि मुलुकमा संकट निम्त्याएको दावि गर्दैै आएको जनमोर्चाले स्थानीय सरकार जनताको सेवा भन्दा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै पालिकालाई ताकेता गरिरहेको छ । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले जिल्लाका स्थानीय सरकार सरकार जनताको सेवा भन्दा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै पालिकालाई ताकेता गरिरहेको हो ।

जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले जिल्लाका पालिका सरकारहरुले चुनावका बेला जनतालाई ठुल ठुला विकासे आश्वासन दिने तर चुनावपछि अपारदर्शी काममा लिप्त भईरहेको भन्दै ध्यानाकर्षण गराईएको छ । अध्यक्ष कार्कीका अनुसार बुधबार लालझाडी गाँउपालिका र बेलौरी नगरपालिकामा १७बुदे ज्ञापन पत्र बुझाएको बताए ।

बाँकी पालिकाहरुमा पनि क्रमस ध्यानाकर्षण बुझाउने बताए । पाटीले सुशासनका क्षेत्रमा स्थानीय सरकारलाई ग्रिनसिग्नल दिने यति गर्दापनि सुधार नआए आन्दोलनको चेतावनी दिएको छ ।

ताजा समाचार