वाणिज्य संघको गृहमन्त्रीलाई ज्ञापन तिङकरमा अध्यागमन कार्यालय खोल्छु : गृहमन्त्री

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिङकरमा अध्यागमन कार्यालय खोल्ने बताउनुभएको छ । बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री लेखकले तिङकरमा अध्यागमन कार्यालय खोल्ने बताउनुभएको हो ।
मन्त्री लेखकले तिङकर नाका भएर मनसरोबरसम्म जाने धार्मिक पर्यटकहरुलाई भित्र्राउनका लागि कार्यालय खोल्न लागेको बताए । ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ, ‘मन्त्री लेखकले भने, ‘धनगढीदेखि सिधै तिङकरसम्म हेलिकेप्टर लिप्ट गराउनुपर्ने हुन्छ ।’

मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिङकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताउनुभयो । ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु, ‘उनले भने, ‘भारतसंगको बेलिया, चिनसंगको तिङकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ ।’ मन्त्री लेखकले एक सय दिनमा गर्ने काम अन्र्तरगत आफुले तिङकर नाका सहित तीन स्थानमा अध्यागमन कार्यालय खोलेर पर्यटक भित्र्राउने योजना राखेको बताए । मन्त्री लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाकै रुपमा विकास गर्नका लागि दोधाराचाँदनीमा छिट्टै सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढ्ने समेत बताए । ‘अब रुख हटाउने काम मात्रै बाँकी छ, ‘मन्त्री लेखकले भने, ‘रुख हटाएसंगै काम अघि बढ्छ, तीन भित्रभित्रै सुक्का बन्दरगाह निर्माण गर्न सके देशकै महत्वपूर्ण नाकाको रुपमा अघि बढ्छ ।’ मन्त्री लेखकले आर्थिक बृद्धि विकासका लागि छोटी भन्सार पुर्नस्थापना गरिने समेत बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले गृहमन्त्री रमेश लेखक जिल्लाबासी भएकाले थुप्रै समस्या मन्त्रीलाई अवगत भएको विषय जानकारी गराउँदै दोधाराचाँदनी सुक्खा बन्दरगाहदेखि महाकाली कोरिडोर विस्तार, छेला औद्योगिक क्षेत्र सुधारका लागि मन्त्रीको ध्यानाकर्षण गराएका छन । अध्यक्ष जोशीले सीमा नाका गड्डाचौकी नाकामा चेकजाँचका नाममा सुरक्षाकर्मीले व्यवसायीहरुलाई दुख दिईरहेको बताए ।

ब्रम्हदेब नाकालाई धार्मिक नाकाकै रुपमा विकास गरिनुपर्ने, भारतबाट बस्तु आयात गर्दा बार्षिक ५० लाख थे्रसहोल्ड हटाउनुपर्ने, व्यवसायीका माग अघि सारेका छन । कार्यक्रममा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा क्यान्सर उपचारका साथै अस्पताल सुधारका लागि संघीय सरकारबाट पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । यस्तै मझगाँउ विमानस्थल पुन संचालन समितिले यथाशिघ्र विमानस्थलको काम शुचारुका लागि माग अघि सार्दै ज्ञापन पत्र बुझाएको छ । मझगाँउ विमानस्थल पुन संचालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले यथाशिघ्र विमानस्थल शुचारुको माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

ताजा समाचार