कञ्चनपुर : कञ्चनपुर उद्योगी व्यवसायीले मुलुक रहेका तीन सरकारले उद्योगी व्यवसायीबाट करमाथि कर मात्रै अशुल्न जानेको तर, व्यवसायीलाई सुविधा पिर मर्का नबुझेको बताएका छन । शुक्रबार कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उद्योगी व्यवसायीहरुले करमाथि कर मात्रै थुपार्न जानेको बताएका हुन ।खोकाछाप्रा व्यवसायी कृष्णराज कलौनीले आफुहरुमाथि स्थानीय भीमदत्त नगरपालिका सरकारले अन्याय गरेको दुखेसो पोखे । उनले गरिखाने वर्गमाथि पालिकाले चरम अन्याय गरेको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमराज पाण्डेले उद्योगी व्यवसायीमाथि समस्या पर्दा राज्यले चासो नै नदिए खाली कर मात्रै अशुल्ने काम गरेको बताए । सम्पूर्ण उद्योगी व्यवसायीको हकहितका क्षेत्रमा कार्यरत वाणिज्य संघप्रति व्यवसायी, उद्योगी उत्तरदायी हुनुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमबिक्रम थापाले मुलुकमा स्थानीय, प्रदेश र संघीय तीनै सरकार छन, तीनै सरकारले कर मात्रै लिने काम गरेको बताए । ‘गड्डाचौकी नाकामा अझैपनि चेकजाँचका नाममा व्यवसायीमाथि अन्याय भएको छ, ‘उनले भने, ‘जिल्लाकै गृहमन्त्री हुँदा पनि हामीमाथि यस्तो अन्याय भयो ।’ कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले उद्योगी व्यवसायीबाट आएका समस्या समाधानका लागि सम्बन्धीत निकाय घचघच्याउने बताए ।
यसैविच कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले समाजिक सुरक्षा कोष बारेमा समेत छलफल भएको बताए । उनले कोषका कार्यकारी कविराज अधिकारी सहितको उपस्थितिमा छलफल गरिएको बताए । कार्यक्रममा सहभागिहरुले सरकारी संघ संस्था, सामुदायिक विद्यालयका कार्यरत निजी शिक्षक, राहत, अनुदान शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरुलाई नै समाजिक सुरक्षा कोषको दायरमा ल्याउन नसकेको भन्दै निजी क्षेत्रमा झन जोखिमा रहेकाले उक्त क्षेत्रका व्यवसायीहरुलाई ल्याउन आब्हान गरेका छन ।