सबै मिलेर बाजा गाजाको साथ महेन्द्र राजाको शालिक स्थापना गरौ : नेता तिवारी

कञ्चनपुर : महेन्द्रको शालिक पुनः तोडिएकै स्थानमा राख्न खोज्नु अराजक हो भन्दै सयुक्त विज्ञप्तिमा एक राजनितिक पार्टीका नेताले हस्ताक्षर गर्नु भुल भएको स्विकार गरेका छन् । । लोकतान्त्रिक समाजवार्दी पार्टीका केन्द्रिय सदस्य अम्बादत्त तिवारीले समाजिक सञ्जाल मार्फत क्षमायाचना मागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले २०८० मंसिर २८ गते महेन्द्रको शालिक तोडिएकै स्थानमा पुनः स्थापना गर्न लागेको समाचार बाहिरीए लगत्तै सो कार्य संविधानको बर्खिलापमा र व्यवस्थाका विरुद्धमा रहेको हुदा यो सर्वदलिय बैठक घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलापहरु रोक्नका निमित्त स्थानिय सरकार र स्थानिय प्रशासनकोे ध्यानाकर्षण गराउदछौं भन्दै पदम बोगटी–सभापति नेपाली कांग्रेस, लक्ष्मी बुढा–का.बा.अध्यक्ष ने.क.पा.एमाले, खेमराज पाण्डेय–संयोजक ने.क.पा. माओवादी, हरक सिंह धामी–सचिव ने.क.पा. एकिकृत समाजवादी, शुसिमान घर्ती–(सदस्य) राष्ट्रिय जनमोर्चा, विराट सी–(ईन्चार्ज)नेपाल कम्युनिष्ट पार्टी, बिष्णु राम दमाई–(संयोजक) क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र अम्बादत्त तिवारी–(के.स.)लोकतान्त्रिक समाजवादी पार्टीले गत बर्ष २०८० मंसिरमा संयुक्त विज्ञप्ती निकालेका थिए ।

लोसपाका नेता तिवारीले समाजिक सञ्जालमा लेख्दै भनेका छन ‘‘तत्कालीन निर्णयमा हस्ताक्षर गर्ने नमुना म पनी हुँ ।कञ्चनपुरका जनसमुदाय संग क्षमा चाहान्छु अब म इतिहास जोगाउन जागरुक भइ सके । शान्तिपूर्ण बातावरणमा सबै मिलेर बाजा गाजाको साथ शालिक स्थापना गरौ इतिहास जोगाउ ।’’ यसैगरी ‘‘कञ्चनपुरको महेन्द्रनगर बजारको बिच स्थानमा महेन्द्रको शालिक स्थापना गर्न अब कसैले रोक्न सक्दैन । हो म आफ्नो तत्कालीन निर्णयबाट पछि हटेर इतिहास जोगाउन जागरुक भए । अब चाडै मिति घोषणा गरेर शालिक राख्न सबै युवाहरुलाई अनुरोध गर्दछु ’’ भन्दै सबैलाई एक हुन अनुरोध गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले भने ‘महेन्द्र राजा न्याय प्रेमी र उदार हृदयका थिए । दुरदर्शी राजा भएकाले उनले सिमा रक्षाको लागि यहाँका विभिन्न स्थानमा बस्ती बसालेका थिए । जसले गर्दा भारतीय विस्तारवादले नेपाली भुमिमा हस्क्षेप गर्न सकेन् । इतिहासको लागि पनि उनको शालिक बनाउनु पर्नेमा हाम्रो पार्टीको जोड थियो आज आएर लोकतान्त्रिक समाजवादीका नेता अम्बा तिवारीले आफूले त्यस बेला विज्ञप्तीमा हस्ताक्षर गरी गल्ती गरेको स्विकारेकोमा वहाँलाई धेरै धेरै धन्यवाद र शालिक स्थापना गर्नमा महत्वपुर्ण भुमिका खेल्न अनुरोध गर्दछौं ।’

ताजा समाचार