दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघ खोज्न दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ को उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च अभियान थालेको छ् । गत बिहिबार दोधारा चाँदनी नगरपालिका– २ मा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । हीरा शाहीको ज्यान लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोही स्थानकै खेतवारीमा अर्को बाघ देखे परेको खबर पाएसंगै स्थानियहरुमा त्रास छाएको हो ।
यस्तै वडा नं. ३ मा रातीको समयमा बाघले ३ किसानको बाख्रा माथी आक्रमण गरेर खाएरपछि बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समन्वय गरि बाघ खोज्न सर्च अभियान संचालन गरेका छ् ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोलीले उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च बाघ खोजिरहेको स्थानियहरुले बताएका छन् । ‘वडा नं. २ र ३ को उखुबारीमा ड्रोनबाट सर्च गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथीहरुलाई बोलाईएको जानकारीको साथका वहाँहरुलाई सहयोग गरिदिनको लागि स्थानीय वडावासीहरुमा हार्दिक अनुरोध गर्दछु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारले भने ।
सुरक्षित रहन सबैलाई दोधारा चाँदनीका मेयर लिम्बुले सबैलाई आग्रह गरेका छन् ।