स्वतन्त्र नागरिक संगठनले दोधारा चाँदनीमा ५ हजार बिरुवा रोप्ने

दोधारा । स्वतन्त्र नागरिक संगठनले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ५ हजार बिरुवा रोप्ने बताएको छ् । दोधारा चाँदनी नगरपालिकामा बिगत झण्डै ५ वर्ष देखि राजनितिक तथा सामाजिक कार्यमा सक्रिय रहदै आएको स्वतन्त्र नागरिक संगठनले दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको लिटिल स्टार पब्लिक स्कुलमा बिभिन्न जातका बिरुवा रोपेको छ् ।

स्वतन्त्र नागरिक संगठनले स्थानियहरुलाई समेत मोर पंखी, खयर, सिसौं, अम्बा लगाएका बिरुवा बितरण गरेको स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीका अध्यक्ष तथा सामाजिक अभियन्ता भिम कुमालले जानकारी दिएका छन् ।

एक कार्यक्रमको बिच लिटिल स्टार पब्लिक स्कुलमा बिरुवा रोप्ने तथा स्थानियहरुलाई बिरुवा बितरण गरिएको स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीका अध्यक्ष भिम कुमालले बताएका छन् । बृक्षरोपण तथा बितरण कार्यक्रममा अध्यक्ष भिम कुमालले यस वर्ष भित्र नगरपालिका क्षेत्रमा ५ हजार बिरुवा रोप्ने लक्ष्य स्वतन्त्र नागरिक संगठनले राखेको बताएका छन् ।

उनले ‘स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीको वृक्षारोपण अभियान वर्ष २०८१ मा ५ हजार वृक्ष रोप्ने लक्ष्य लिएका छौं । यसले भईरहेको जलवायु परिवर्तनमा ठुलो सहयोग पुग्ने अपेक्षा लिएका छौं ।

अभियानमा जोडिएर वृक्षारोपणमा सहयोग पुर्‍याउन सम्पूर्ण युवा तथा संघ संस्थाहरुमा हार्दिक अपिल गर्दछौं’ स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीका अध्यक्ष तथा सामाजिक अभियन्ता भिम कुमालले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

ताजा समाचार