सुरक्षित छैन् कुतियाकवर बस्ती !

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा बर्सेनि आउने बाढीले यस क्षेत्रका दर्जनौ बिघा जमिन कटान तथा डुबानमा पर्दै आएको छ् । महाकाली नदी र जगबुडा नदीको निशानामा रहेको कुतियावकर बस्ती तटबन्ध नभएका कारण बर्सेनि दर्जनौ स्थानियहरु ज्यान जोगाउदै सडक र सुरक्षित स्थलमा बस्ने गर्दैै आएका छन् । महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु रहेका छन् । उनिहरुको घर नजिक महाकाली नदी पुगेको छ् । वर्षायाममा महाकाली नदी कतिबेला उनिहरुको घरमा पानी पसेर चिल्लीबिल्ली बनाउने भन्ने उनिहरुमा ठुला त्रास छ् । हुन त कुतियाकवर बस्ती आफैमा बाढीको उच्च जोखिममा रहेका बस्ती हो ।

त्यसैमा महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु अत्यन्तै उच्च जोखिममा रहेका घरहरु रहेका कुतियावकर विपद् ब्यवस्थापन समितिका पदाधिकारीहरुले बताएका छन् । बिगतका दिनहरुमा बाढी आएपछि कुतियावकर बस्तीका ४२ घरधुरी झण्डै २ किलोमिटर टाढा रहेको अम्बिका माध्यमिक बिद्यालयमा शरण लिदै आएका थिए । अहिले समय फेरिएको छ् । बस्तीमा बाढी आएपनि मानविय तथा उनिहरुको धनमालको क्षती रोक्न दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल र स्थानियहरुको सहयोगमा सेफ सेल्टर निमार्ण कार्य अन्तिम चरण मा रहेको छ् । यस्तै नेपाली सेना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा नेपाली सेनाले पनि बस्तीमा सेफ सेल्टर निमार्ण कार्यलाई तिब्रता दिएका छन् । बस्तीमा २ वटा सेफ सेल्टर निमार्ण कार्य भईरहेको छ् ।

सेफ सेल्टरले बस्तीमा मानविय क्षती र स्थानियहरुको धनमाल क्षतीलाई रोक्न ठुलो सहयोग हुने स्थानियहरुले ठुलो अपेक्षा राखेका छन् । वि.सं. २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हाल सम्म यहाँबाट दर्जन बढी परिवार विस्थापित भइसकेको स्थानियबासी टेक बहादुर सुनारले बताए । बाढीले जग्गा कटान गर्दा बस्ती पातलिदै गएको छ् । अब यहाँ ४२ घरपरिवारको मात्रै बसोबास छ् । बर्खामा बिगतका दिनहरुमा महाकाली नदी र जगबुडा नदीको भंगालो बस्ती पस्दा जमिन बालुवाले भरिएको छ् । कुतियाकवरमा झण्डै ९ सय मिटर बढी लम्बाइको तटबन्ध निर्माण भए मात्रै जमिन जोगिने अवस्था रहेको जानकारहरु बताउछन् ।

जोखिमको सम्भावित रहेको क्षेत्रमा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल र स्थानियहरुको सहयोगमा जैविक तटबन्ध निमार्ण गरिने सुरसार गरिएको छ् । जैविक तटबन्ध बस्तीलाई जोगाउने दिर्घकालिन व्यवस्था भने हैन् । यो एउटा विल्कल्परुमा रहेको स्थानियहरु बताउछन् ।

दलित र विपन्न समुदायको बसोबास रहेको सीमा बस्तीमा नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दा समेत नेपाल सरकारले हाल सम्म बस्तीलाई सुरक्षित बनाउनमा ध्यान दिन नसक्नुलाई स्थानियहरुले गम्भिरताको साथ लिएका छन् ।

 

ताजा समाचार