वायोइन्जिेनेरिङ्ग प्रविधि (जैविक तटवन्ध) प्रति समुदायको विश्वास वढदै

कञ्चनपुर : नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक वोरा, स्याउला, वालुवा र मानविय श्रोत)को उच्चतम प्रयोग गरेर निर्माण गरिएको तटबन्धनलाई जैविक तटबन्धन भनिन्छ । आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले जैविक तटबन्धनलाइ उत्तम विकल्पको रुपमा समुदायले अनुसरण गरेकाछन । पुनर्वास नगरपालिका र शुक्लाफाटानगरपालिका क्षेत्रमानिर्माणभईरहेको जैविकतटबन्धको स्थलगत फिल्डअनुगमन संयुक्त रुपमाजनताको तटबन्ध कार्यालय, पुनर्वास नगरपालिका र एनएनएसडब्लुए एमरेड परियोजनाको भएको छ ।

फिल्ड अनुगमनका दौरानमा समुदायले निर्माण गरेको जैविक तटबन्धको गुणस्तर, बाँसको प्रयोग, चोयाको बुनाइ र पलाष्टिक वोराको प्रयोग आदि कुराको अनुगमन गरएको थियो भने जैविक तटबन्ध निर्माण संगै जियो व्यागको प्रयोग र यस्का फाइदाहरुका विषयमा सिता बस्ती र परासन समुदायमा समुदाय संग छलफल गरिएको थियो । दोदा नदीकटानि रोकथमा तथा न्यूनिकरणका लागि एनएनएस एमरेड परियोजनाले थप ५०० मिटर जैविक तटवन्धन निर्माणको कार्य पुनर्वास नगरपालिका सँग सहकार्य गरी पुनपा वडा नं. ९ सितावस्ती समुदायमा २०० मिटर र वडा नं. ७ परासन समुदायमा ३०० मिटर जैविकतटबन्ध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । कुललागत रु.११५,३५१।०० रहेको छ भने पुनर्वास नगरपालिकाको तर्फ वाट रु.३३९,८४०।०० र प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फ वाट ५२० दिनको रोजगारी (रु ३४७,३६०)रहेको छ भने एनएनएसडब्लुए एमरेड परियोजनाको तर्फ वाट रु ३०७,१४४।०० रहेको छ भने जैविक तटबन्ध निर्माणमा प्रयोग गरिने १०,५०० पलाष्टिकका वोरा र आवश्यकता अनुसार जियो व्यागको उपलब्धता जनताको तटबन्ध कार्यालय वाट भईरहेको छवाकिरु ११०,४७२।०० समुदायको श्रमन रहेको जनदाछ ।

शुक्लाफाटा नगरपालिकामा सुनवरा नदीले तिव्र रुपमा कटानि गरिरहेको अध्ययनका आधारमा र भविष्यमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनिकरण गर्नका लागि चालु आ.व. ०८०।८१ मा छनोट भएको योजना वमोजिम यस शुक्लाफाटा नपा वडा नं. ३ पिपलाडी, वडा नं. २ रानिपुर र वडा नं. ११ कलुवापुर समुदायमा ३०० मिटर जैविकतटवन्धन निर्माणकार्यका लागि शुक्लाफाटा नगरपालिकाको तर्फ बाट १७९,०००।०० र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १२६ दिन रोजगारी ( रु ८३,०४५), जनताको तटबन्धवाट ६,३०० पलाष्टिकका वोरा सहयोग ( रु १२६,०००), समुदायबो तर्फ बाट जनश्रमदान र एनएनएसडब्लुए एमरेड परियोजनाको तर्फ बाट रु १७२,९९५ सहकार्य मार्फत निर्माण कार्य भईरहेको छ । तटबन्धनको स्थायित्व तथा बलियोपना बढाउनका निमित्त बाढीको पानी सहन गर्नसक्ने, छिटै हुर्कने तथा बलियो र गहिरो जरा हाल्नसक्ने क्षमता भएका जातका विरुवाहरू लगाउनु पर्दछ भन्ने कुरा वताउनु हुन्छ एनएनएसडब्लुए एमरेड परियोजनाका संयोजक महेश घिमिरे । तटबन्धनमा लगाइएको बिरुवाबाट दोहारो फाइदा लिनका निमित्त स्थानीय भू–बनोट र हावापानी सुहाउँदो जातहरूका बिरुवा रोप्नु पर्ने कुरामा परियोजनाले समुदायलाई प्राविधिक एवम आर्थिक सहयोग पनि गर्ने छ । साथै परियोजनाले वाढीप्रभनवित समुदयहरुमा विपद् जोखिम न्यूनिकरण र आर्थिक विकासका क्षेत्रमा सहयोग पु¥याउन सक्ने उपक्षेत्रका रुपमाउखु खेतीलाई प्रबद्धन गर्दै आइरहेको छ ।

परियोजनाले चिनिमिल, कृषि बिकास शाखा सँगको सहकार्यमा वाढी प्रभावित समुदायहरुमा दोहरो लाभकालागि उखुखेति र बगरमा तरकारी खेतिको प्रबद्धन र बिकास गर्न उन्नतजातको विउमा सहयोग, रोप्ने प्रविधि विकास, आधुनिक कृषि औजारमा सहयोग र वातावरण मैत्री विद्युतीय उखुको जूस व्यवसायमा पनि सहयोग गर्दै आएरहेको छ । जसको परिणाम स्वरुप नदिले कटानि तथा पटानि गरीएको बगर तथा नदी किनारामा उखु खेती मार्फत बाढी नियन्त्रणमा सहयोग पुगेको र समुदायको आम्दानीमा बृद्धि भएको छ । आजको अुगमन भ्रमणमा एनएनएसडब्लुएका अध्यक्ष माया सार्कि, कार्य समिति सदसय रोशनलाल चौधरी, जनताका तटबन्ध कार्यालयका कार्यालय प्रमुख ई. श्री प्रशाद शाह र ई. अरुणकुमार शाह , पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर वोकटी, ई भान सिंह धामी, विपद् व्यवस्थापन शाखा प्रमुख ओम नाथ ढकाल, रोजगार सेवा केन्द्रका प्राविधिक र रोजगार सहायकको उपस्थिती रहेको थियो ।

ताजा समाचार