दोधारा चाँदनीमा आगोले झण्डै ६० लाख बराबरको गहुँवाली क्षती, प्रदेश सदस्य रानाद्धारा अनुगमन

दोधारा । बिद्युतको तार एकआपसमा ठोक्किएर सल्केको आगोले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा झण्डै रु. ६० लाख बराबरको गहुँवाली नष्ट भएको प्रारम्भिक लगत संकलन बिबरणमा उल्लेख गरिएको छ् । हिजो अर्थात बिहिवार अपरान्हमा बिद्युतको तार एक आपसमा ठोक्किएर सल्केको आगोको झिल्कोले दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार नजिक रहेको ६ हेक्टरमा रहेको ३० मेट्रिक टन गहुँ आगोले खरानी बनाएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष तथा आगोले गहुँवाली क्षतीको लगत संकलन समितिका संयोजक ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् । क्षती भएको ३० मेट्रिक टन गहुँ तथा भुस लगाएत अन्य गरि झण्डै रु. ६० लाख अनुमान गरिएको छ् । आगोले गहुँवाली क्षती बनाएर बिचल्लीमा भएका पिडित घरपरिवार संग सरोकारवालाहरु संग छलफल गरिएको बताउदै सबै सहयोगी निकाय संग सहयोगको लागी अपिल गर्ने निर्णय गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताएका छन् ।

किसानहरुको ठुला मात्रामा गहुँवाली आगोले क्षती गरे संगै आज आगलागी भएको स्थानको स्थलगत अनुगमन सहित पिडितहरु संग शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर राना भेट गरेका छन् । शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर राना संगै नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, राजेन्द्र मल्ल, मदनलाल सुनार लगाएत दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय रहेका थिए । प्रदेश सभा सदस्य बेल बहादुर राना सहितको टोलीले क्षती भएका स्थान तथा पिडित घरपरिवारलाई भेट गरि दुख प्रकट गरेका छन् । शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले किसानहरुको वर्षदिनको मेहनतलाई आगोले एक क्षणमा स्वाहा बनाएको निकै दुखद घट्नामा भएको बताउदै दुखद घडीमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

स्थानिय सरकार, प्रदेश सरकारले पिडित किसानहरुलाई राहत तथा क्षतीपुर्तीको पहल थाल्ने बताएका छन् । ‘किसानहरुको पिडा भएको बिषयमा हामी निकै गम्भिर भएका छौं, राहत र क्षतीपुर्तीको बिषयमा चाडै पहल थाल्छौं’ शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले भने । आजै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, सुरक्षाअधिकारी, सरोकारवालाहरुले आगोले क्षती भएको अवस्था तथा पिडितहरु संग भेट गरेका छन् । प्रारम्भिक लगत संकलन बिबरणमा १९ घरधुरीले लगाएको गहुँवाली आगोले नष्ट गरेको दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले जनाएको छ् ।

आगोले वर्ष दिनभरी मेहनत गरेको गहुँवाली पुर्णरुपमा नष्ट गरिदिएपछि आगामी दिनहरुमा छाक कसरी टार्ने भन्ने १९ जना घरपरिवारमा चिन्ताले सताएको छ् । स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले झण्डै २ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको हो ।

दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपालिकाको बरुण यन्त्रले आगोलाई नियन्त्रणमा ल्याएको स्थानियबासीहरुले बताएका छन् । आगोबाट मानबिय क्षती हुनबाट भने जोगिएको छ् ।

 

ताजा समाचार