धार्मिक पर्यटन प्रवद्र्धनका लागि देवीभागवत नवाह परायण कार्यक्रम

राजेन्द्रप्रसाद पनेरु/झलारी ः धार्मिक पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा नगरपालिका ६ वनसमितिमा ‘श्रीमद् देवीभागवत नवाह परायण तथा शालिग्राम पूजा परिक्रमा’को आयोजना गरेको छ । राम मन्दिर गोरखधुना संरक्षण तथा सम्बर्धन समितिले सो धार्मिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको भुषण कथावाचक हरिप्रसाद भट्ट, शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐर लगायतले उद्घाटन गर्नु भएको छ ।

नौ दिन सम्म सञ्चालन हुने धार्मिक कार्यक्रममा भुषण कथावाचक हरिप्रसाद भट्ट र मुल पाठ गुरु आचार्य श्रीकृष्ण ढकालले प्रवचन गर्ने राम मन्दिर गोरखधुना संरक्षण तथा सम्बर्धन समितिका अध्यक्ष रमेश प्रसाद जोशीले बताउनु भयो । “धार्मिक एवं अध्यात्मिक भावना जागृत गराउनका लागि कार्यक्रमको आयोजना गरेका छौं” उहाँले भन्नु भयो, “कार्यक्रमबाट सङ्कलित रकम भव्य राम मन्दिर निर्माण तथा अन्य भौतिक संरचना निर्माणमा खर्च गर्छाै ।” यो संगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्या– पर्यटन एवं धार्मिक पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम अगाडी बढाउने योजना रहेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार दैनिक योग विज्ञान शिविर, पूजा अर्चना एवं रुद्राभिविषेक, श्रीमदभागवत कथा श्रवण, चर्चा एवं राष्ट्रिय कलाकार द्वारा भजन किर्तन, झाँकी, बालसंस्कार कार्यक्रम, दिव्य भजनकिर्तन, महाआरती लगायतका कार्यक्रम आयोजना गरिने छन ।
तुलादान, भूमिदान, अन्न दान, गौदान, ब्राम्हण भोजन, प्रसाद वितरण,आरती सेवा, विशेष रुद्री पाठ, ब्रतबन्ध गर्ने लगायतका कार्यक्रम पनि राखिएका छन ।

ताजा समाचार