कञ्चनपुर : समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा हुने भएको छ । आउँदो आईतबार चार राजनीतिक दल सम्मिति रहेको समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा हुने भएको हो ।

समाजवादी मोर्चा नेपाल कञ्चनपुरका संयोजक विपी उपाध्यायले सन्देश सभाको तयारी पुरा भएको बताए । उनका अनुसार महेन्द्रनगर भानु पाटी पैलेशमा सभा हुनेछ । उक्त सभाबाट कार्य समिति विस्तार हुने छ । समाजवादी मोर्चाले जनताका समसामयिक समस्या उठान गर्नेछ ।







