कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा रहेको रिटर्नी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि लोक कल्याणकारी सेवा ट्रष्ट का हरिशरण महाराज रहेका थिए।

सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर चन्द को अध्यक्षतामा कार्यक्रममा सञ्चालन भएको थियो । सहकारी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष देव चन्दले गरेका थिए। कार्यक्रमको संचालन संस्थाका सचिव नारायण चन्दले गर्नु भएको थियो।

बैदेशिक रोजगारी बाट स्वदेश फर्केर स्थानीय स्तरमा केही अार्थिक उत्पादनमुखी कार्य गर्न युवा हरुलाई सहज होस् भन्ने उदेश्यले सहकारी संस्थाको स्थापना गरेको सस्थाका सचिव नारायण चन्दले बताउनुभयो।











