एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अन्तरकृया

कञ्चनपुर : एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अन्तरकृया एव प्रशिक्षण सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अन्तरकृया एव प्रशिक्षण सम्पन्न भएको हो । शनिबार विशेष पूर्ण बैठक, अन्तरकृया एव प्रशिक्षण सम्पन्न भएको जनाईएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँटले नयाँ शिक्षा ऐनदेखि शिक्षकका हकहित शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित विवित विषयमा छलफल गरिएको बताए । उनका अनुसार आगामी फागुनभित्रै पालिका परिषद गर्ने १० चैत्रमा जिल्ला परिषद् महेन्द्रनगरमा गर्ने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सह संयोजक मदनराज जोशीको प्रमुख आथित्यमा भएको थियो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डे, एकीकृत अखिल नेपाल शिक्षक संगठन सुप प्रदेशका अध्यक्ष खडक मन्नी विशिष्ठ अथिति रहेका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँटको अध्यक्षतामा भएको कार्यक्रममा वीर सिङ धामी (केन्द्रिय कार्यालय सदस्य कंचनपुर ईन्चार्ज) रमा पन्त ( केन्द्रिय सदस्य , प्रबिधी मैत्री जिल्ला ईन्चार्ज) धौल सिह जाग्री (प्रदेश वरिष्ठ उपाध्यक्ष ) प्रमानन्द नाथ (प्रदेश अर्थ उपमहासचिव) , प्रदेश सल्लाहकार सदस्य हरु, प्रदेश सदस्य हरु, रास्टिय परिसद सदस्य हरु सहभागिता रहेको थियो । जिल्ला उपाध्यक्ष डम्बर दत्त जोशीले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमको संचालन सचिव लोकमणी भट्टले गरेका थिए ।

ताजा समाचार