कञ्चनपुर : गैर सरकारी संस्था महासंघ कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच गैसस कञ्चनपुरको २३औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । गैसस महासंघ जिल्ला कार्य समितिकै भवनमा साधारण सभा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा सचिव अञ्जु जोशी(भट्ट)ले साँगठानिक एव कोषाध्यक्ष नारु सिहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमबिबिएस अध्ययनका लागि छात्रबृति पाएका भीनपा १०जिमुवाका ललित सार्कीलाई नगद १० हजारका साथै प्रमाण पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममा गैससकर्मीले समाज सुधारका लागि नागरिक समाजको भूमिका विषयमा जोडदिएका थिए ।

गैसस कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रीय सचिव भगराज रेग्मी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालन उपाध्यक्ष अमिर तिरुवाले गरेको कार्यक्रममा विभिन्न गैससकर्मीको सहभागिता रहेको थियो ।











