थारु समुदाय लाभान्वीत हुने नगर स्तरीय कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पेश


झलारी : नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद् शुक्लाफाँटाले विभिन्न कार्यक्रम सञ्चालनको माग गर्दै नगरपालिका कार्यालयमा शुक्रवार प्रस्तावना (माग पत्र) पेश गरेको छ । नगर उप प्रमुख कल्पना पन्तलाई वडघर भलमन्सा नगर स्तरीय कार्य समिति मार्फत प्रस्तावना पत्र बुझाएको हो । वरघर भलमन्सा नगर स्तरीय कार्य समितिका अध्यक्ष वचन सिह रानाले प्रस्तावना पत्र बुझाउनु भएको छ ।

वडघर भलमन्सा शुक्लाफाँटा नगर कार्य समितिले आब २०८०/८१ को बार्षिक लक्षित वर्गको विनियोजित रकमबाट नगर स्तरीय कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव बुझाएको जनाएको छ । थारु समुदायको उत्थानका लागि आदीवासी जनजातीहरुको प्रथाजनित कानुन तथा पैरबी र संस्थागत विकास, बरघर भलमन्सा तथा जनप्रतिनिधि विच समन्वय तथा अन्तक्रिया र सिकलसेल एनिमिया रोग अभिमुखिकरण कार्यक्रम तथा निःशुल्क स्वाथ्य शिविर सञ्चालनका लागि प्रस्तावना पेश गरिएको आदीवासी जनजाती महासंघ शुक्लाफाँटाका अध्यक्ष हवलदार चौधरीले बताउनु भयो ।

कार्यक्रम सञ्चालनका लागि रु नौ लाख ६३ हजारको प्रस्तावना पेश गरिएको उहाँले जानकारी दिनु भयो । “थारु समुदायको उत्थानका लागि विशेष कार्यक्रम नगरपालिकाबाट सञ्चालन हुन सकेका छैनन” अध्यक्ष चौधरीले भन्नु भयो,“नगरपालिकालाई कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गरेका छौं, प्रस्ताव अनुसार कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था नभए संघर्षका कार्यक्रम अगाडी बढाउछौं ।”


Loading Viewer...

ताजा समाचार

spot_img