कञ्चनपुर : आइतबारदेखि कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा हुने तेस्रो पुरुष भलिबल प्रतियोगिता अवलोकनका लागि शुल्क निर्धारण गरेपछि उक्त शुल्क खारेजीको माग अघि सारिएको छ । मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा, विद्यार्थी संघ संगठनहरुले तेस्रो पुरुष भलिबल प्रतियोगिता अवलोकनका लागि शुल्क निर्धारण गरेपछि उक्त शुल्क खारेजीको माग अघि सारिएको हो ।
१४ माघ अर्थात आउँदो आईतबारदेखि सुदूरपश्चिम खेलकुद परिषदको आयोजना एव जिल्ला भलिबल संघ कञ्चनपुरको व्यवस्थापनमा भईरहेको खुला भलिबल प्रतियोगिताको विद्यार्थी सहुलियत २० र सर्वसाधारण ५०रुपैया तोकिएको थियो । तर, बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले सुप प्रदेश सरकार लगानीमा ८०लाख लागतमा भईरहेको प्रतियोगितमा पुन शुल्क लगाउने कार्य खेदजनक भएको टिप्पणी गरेका छन । क्रान्तिकारी युवा संगठन नेपाल संयोजक भुवन भट्ट र क्रान्तिकारी संयोजक बिरेन्द्र नाथद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा भलिबल अवलोकन शुल्क खारेजीको माग अघि सारेका हुन ।
आयोजकले भने अक्षयकोषदेखि कञ्चनपुरको भलिबल बृद्धि विकासका लागि समान्य शुल्क लगाएको जनाएको छ। विद्यार्थी, युवा संघ संगठनहरुले सरकारकै लगानीमा संचालित प्रतियोगिता अवलोकनका लागि शुल्क लिने कार्य अन्यायपुर्ण भएको दावि गर्दै आएका छन ।






