एनप्याब्सन महोत्सवको उपाधी लिटिल बुद्धलाई


प्रकास भट्ट / कञ्चनपुर : महेन्द्रनगरमा सम्पन्न भएको १६ औं एनप्याब्सन खेलकुद महोत्सवको उपाधी लिटिलबुद्ध एकेडेमीलाई पाईएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कञ्चनपुरको आयोजनामा संचालन भएको १६ औं एनप्याब्सन खेलकुद महोत्सवको उपाधी लिटिलबुद्ध एकेडेमीलाई पाईएको हो । आदर्श विद्या निकेतन द्वितिय, अनिरुद्र सेकेण्ड्री स्कुल तृतिय भएको छ । भने मर्निङ ग्लोरी सेकेण्ड्री स्कुलले चौथो स्थान प्राप्त गरेको छ। खेलकुद महोत्सवमा जिल्लाभरीबाट ५६ विद्यालयको सहभागीता रहेको थियो भने ५० विद्यालयले प्रतियोगितामा भाग लिएका थिए।

खेलकुद महोत्सवमा १२८ स्वर्ण, १३५ रजत र १६० कास्य पदकका लागि खेलाडीहरूविच प्रतिस्पर्धा भएको थियो । एनप्याब्सन कञ्चनपुरका सचिव भट्टले खेलकुद उत्साहपूर्ण वातावरणमा समपन्न भएको बताए । उनले भने ुचार दिनसम्म चलेको खेलकुद महोत्सव शान्तपूर्ण वातावरणमा सम्पन्न गरेका छौं, साथै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने शिक्षक, खेलडी, फिल्डमा खेलहरू सञ्चालन गराउने गुरु, व्यवस्थापन गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गरेका छन । एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीले खेलकुद महोत्सवले खेलाडी विद्यार्थीहरूको खेल यात्रा अगाडी बढाउन सहयोग गर्ने बताए।

साथै अध्यक्ष जोशीले महोत्सवबाट एनप्याब्सनमा आबद्ध विद्यालयको शैक्षिक एव सहक्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन । ३ माघदेखि महेनद्रनगर स्थित कभर्ड हलमा सञ्चलान भएको खेलकुद प्रतियोगिता माघ ७ गते आइतबार सम्पन्न भएको एनप्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्टले बताए । समापन कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपाध्ययक्ष श्याम सिह मौनीको प्रमुख आतिथ्य रहेको थियो भने एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीको सभापतित्व रहेको थियो।


ताजा समाचार

spot_img