डम्मर दत्त भट्ट/ बुटवल: माघ रुपन्देही ब्यापार संघको १२ औं अधिवेशनबाट अध्यक्ष पदमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट निकटत्म प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै दिपक अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी हुँदा संघका बरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाउनुभएको थियो । अधिकारी र भण्डारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनुभयो । त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेम नाथ पाण्डे निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त र्गर्नु भएकाे थियाे ।
संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ निर्वाचित हुनुभएको छ भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत पाउनुभयो । सहकोषाध्यक्ष पदमा ५१९ मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई बिजयी हुँदा भण्डारी प्यानलका बिनित भटराईले ४८५ मत पाउनुभयोको थियो। संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त निर्विरोध निर्वाचित हुनु भएको थियो ।
संघको सदस्य पदहरुमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । कुल १ हजार ६०१ जना मतदाता रहेको संघको निर्वाचनमा १ हजार ८७ मत खसेको सघंका द्वितीय उपाध्यक्ष प्रेम नाथ पाण्डेले जानकारि गराउनु भएको छ । शु्क्रबार साँझ ८स्घण् बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम शनिबर बिहान मात्र आएको द्वितीय उपाध्यक्ष प्रेमनाथ पाण्डेले बताए।
