जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


कञ्चनपुर : जिल्ला प्रहरी कार्याल्य कञ्चनपुरले जुवातास खेलिरहेको अवस्थामा पाँच जना प्रक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ गल्ली नं. १ स्थीत ओम नास्ता पसल बाट रु ४४ हजार चौरानब्बे र तास सहित पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपर बाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका –९ बस्ने गोपाल बहादुर भण्डारी, भीनपा –४ बस्ने मान सिह कोलि, भीनपा –१८ का केशव राज जोशी, वेदकोट नगरपालिका –१० का उदय सिह समाल र भारतको उत्तराखण्ड राज्य उधम सिह नगर जिल्ला बस्ने हेमन्त सिहलाई पक्राउ गरेको हो ।

निज पाँच जानालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।


Loading Viewer...

ताजा समाचार

spot_img