कञ्चनपुर : अत्यधिक चिसो बढिरहेका बेला कञ्चनपुरको बेदकोट नगरमा एक काँग्रेस नेताले दाउरा वितरण गरेका छन । काँग्रेस कञ्चनपुरका नेता ज्ञानेन्द्र प्रशाद जोशीले बेदकोट नगरपालिका १ हात्तीथलामा दाउरा वितरण गरेका हुन ।
काँग्रेस नेता जोशीले चिसो बढेपछि आफ्नै व्यक्तिगत पहलमा दाउरा वितरण गरेको बताए । स्थानीयले वडादेखि माथिल्ला तहमा सरकार हुँदा पनि काँग्रेस नेताले चिसोमा चियाचोकदेखिका स्थानमा दाउरा मुढा वितरण गरेको भन्दै आभार प्रकट गरेका छन ।










