कञ्चनपुर : राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन– प्याब्सन)को ‘१६ औं नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सव २०८०’को उद्यघाटन समारोह सम्पन्न भएको छ । माघ ३ गते देखि ५ गते सम्म हुने नेशनल प्याब्सन जिल्ला स्तरीय खेलको उद्यघाटन समारोह आज एक कार्यक्रम बिच भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा कञ्चनपुर जिल्ला भरी रहेका १३५ विद्यालय मध्ये ५६ विद्यालयले सहभागीता जनाएका थिए । विहान ९ बजे सहभागी विद्यालयले खुल्ला मञ्चबाट निकालेको प्रभात फेरी मदन चौक हुदै दशरथ चौक बाट बजारको परिक्रम गरी पुनः मञ्चमा भेला भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकलाई कार्यक्रममा सहभागी भएका विद्यालयका विद्यार्थीले सलामी अर्पण गरेको थियो । लेखकले ‘शिक्षा सँगै खेलकुद पनि विद्यार्थीको लागि अनिवार्य रहेको छ । स्वास्थ्य मान्छेले मात्र सफलता हासिल गर्न सक्छ र स्वास्थ्य रहनको लागि खेलकुद आवश्यक रहेको बताए । उनले भने ‘अहिले धेरै जसो खेलाडीले देशको नाम राख्दै आर्थिक उन्नती पनि गरेका छन् त्यसैले खेलबाट पनि नाम र दाम कमाउन सकिने छ ।’


विद्यार्थीको शीक्षा सँगै चौतर्फी विकासको लागि प्रत्येक वर्ष मनाउदै आएको खेल महोत्सव यस वर्ष पनि मनाउन लागेको एन–प्याब्सन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिए । खेलबाट आपसी सदभाव विद्यार्थीहरुको प्रतिभा अनुशासन पहिचान गर्ने मौका मिल्ने भएकाले पनि यसको आयोजना गरिएको खेलकुद संयोजक भट्टले बताए । यसै खेलकुदलाई आधार मानेर जिल्ला खेलकुदले पनि खेलाडीहरु छनौट गर्ने भएकाले पनि यो खेलकुदबाट पनि त्यस्ता प्रतिभावान खेलाडीहरुले आफनो कला क्षमता देखाएर आफनो भविश्य खेलकुदमा अगाडी बढाउने अवसर को रुपमा पनि यो १६ औ जिल्ला स्तरिय एन प्याबसन खेल महोत्सव रहेको एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले बताए ।


१६ औं नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सव २०८० को उद्यघाटन समारोहमा एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखक रहेका थिए, कार्यक्रम सञ्चालन एन–प्याब्सन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले गरेका थिए ।






